टोकियो, जापान – जापानमा बसोबास गर्ने ७० जना नेपालीको करिब १० करोड येनको लगानीमा पाँचौँ नेपाली विद्यालय, एसियन ब्रिज इन्टरनेसनल स्कुल (ASIAN BRIDGE INTERNATIONAL SCHOOL) सञ्चालनमा आउने भएको छ।विद्यालयलेसन् २०२५ को अप्रिल महिनाबाट कक्षा सञ्चालन गर्ने लक्ष्यका साथ विद्यालयले भर्ना खुला गरेको छ।
विद्यालयको औपचारिक घोषणाका लागि बेम्बो छे नेपाली रेष्टुरेन्ट ,सिनओकुवो टोकियोमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली अधिवक्ता डा. बलाराम श्रेष्ठले जापानी शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय शिक्षा पद्धतिलाई अवलम्बन गरी स्वावलम्बी ,क्षमतावान नागरिक तथा जनशक्ति तयार गर्ने लक्ष्य राखिएको बताउनुभयो।
उहाँले भविष्यमा कलेज सञ्चालन गरी विभिन्न रोजगार भिषामा आउने नेपालीहरूको समस्यालाई मध्यनजर गरी स्नातक र स्नातकोत्तर तहको शिक्षा प्रदान गर्ने योजना रहेको पनि जानकारी गराउनुभयो।
जापानबासी नेपाली समुदायहरुको माग र बिध्यार्थीहरुको आवस्यकतालाइ महसुस गरी बिबिध समस्याका बाबजुत बिगत २ बर्षदेखिको अध्ययनपछि विद्यालय संचालनमा ल्याउन सफल भएको विद्यालय संचालक समिति सदस्य दिनेश लोहनीले बताउनुभयो ।
एनआरएन जापानका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि नवीन निउरेले जापानमा पवित्र उद्देश्यका साथ पाँचौँ नेपाली विद्यालय स्थापना हुन सफल भएकोमा बधाइ दिँदै नेपाली समुदायमात्र केन्द्रित नभई फराकिलो ढंगबाट अघि बढ्न संचालक समितिलाई सुझाव दिनुभयो।
कार्यक्रमको अतिथिहरुमा नेफिन जापान अध्यक्ष हवल चन्द्र लामा ,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी ,नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल ,नेपाल पत्रकार महासंघ जापानका शाखाका निबर्तमान अध्यक्ष मोहन घले र अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमा उपस्थित अतिथिहरुले सफलताको सुभकामना ब्यक्त गर्दै गुणस्तरिय शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।
जापानको राजधानी टोकियोको किताकु स्थित खामीनाखाजातोमा खोलिने स्कुलमा टोकियो तथा साईतामा प्रिफेक्चरमा बसोवास गर्ने बालबालिकाहरु समेतलाई आवात/जावत गर्न सहज हुने अभिभावक तथा बिध्यार्थीहरुले अपेक्षा गरिएको छ ।
विद्यालयका शैक्षिक निर्देशक दुर्गा पौडेलले विद्यालयले शैक्षिक उत्कृष्टता, चरित्र विकास र व्यक्तिगत समर्थनमा ध्यान केन्द्रित गर्दै विद्यार्थीहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न सशक्त बनाउने बताउनुभयो। उहाँले विद्यालयका केही प्रमुख विशेषताहरू यस प्रकार उल्लेख गर्नुभयो।
शैक्षिक गुणस्तर: अन्य विद्यालयहरू जस्तै हामी पनि यस विषयमा जानकार छौँ, सँगै त्यो भन्दा पनि राम्रो कसरी गर्न सकिन्छ र विद्यार्थीहरूको बौद्धिक क्षमता सँगै उज्ज्वल भविष्यको मार्ग निर्देशन सकियोस।
बहुभाषिक तथा बहुसांस्कृतिक शैक्षिक वातावरण: अंग्रेजी मात्र नभएर अन्य जापानिज लगायत भाषाहरू सिकाउने सँगै विभिन्न किसिमका संस्कार संस्कृतिहरूको जान दिनुका साथै त्यस विषयमा समय-समयमा इन्टरनेसनल भाषा तथा सांस्कृतिक महोत्सवमा सहभागी गराउँदै लगिनेछ।
टेक्नोलोजी बेस शैक्षिक पद्धति: हामी आजभोलीको नयाँ-नयाँ टेक्नोलोजिकल बेस शैक्षिक पद्धतिमा टेकेर उच्च कोटीको शिक्षा प्रणालीको विकास सँगै विद्यार्थी भाइबहिनीहरूको भविष्य सुन्दर र चम्किलो बनाउन प्रतिबद्ध छौं।
विद्यालयको मिशन र दृष्टिकोण:
विद्यालयको मिशन दीर्घकालीन लगानी, भौतिक पूर्वाधार विकास, विद्यार्थीहरूलाई सशक्त बनाउनु र उदाहरणीय शिक्षा वातावरण प्रदान गर्नु रहेको छ। विद्यालयको दृष्टिकोण भनेको विद्यार्थीहरूलाई सफल बनाउनु र भविष्यलाई रूपान्तरण गर्नु हो।
विद्यालयमा उपलब्ध कक्षा र शुल्क संरचना:
विद्यालयमा प्ले ग्रुपदेखि ग्रेड ४ सम्मका कक्षा सञ्चालन हुनेछन्। विद्यालयले आकर्षक शुल्क संरचना पनि सार्वजनिक गरेको छ।
स्मरण रहोस जापानमा नेपाली समुदायको लगानीमा टोकियो,चिबा तथा आईची प्रिफेक्चर समेत गरि यस अघिनै ४ वटा स्कुलहरु संचालनमा रहँदै आइरहेको छ ।