नेपाल आदिवासी जनजाति महासंघ( नेफिन) जापानद्वारा एनआरएन आइसिसिमा निर्वाचित जापान प्रतिनिधिहरुलाइ सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
नेफिन जापानले उपाध्यक्ष द्वय डा.हेमराज शर्मा, रोबिन शेरचन युवा उपाध्यक्ष रोशन केसी, डिसिआर एसिया प्यासिफिक दीपक कंडेल ,आइसिसी सदस्य बिजेश थकाली , आइसिसी सदस्य विकास श्रेष्ठलाई नेफिन लोगो, प्रिन्ट खदा र मायाको चिनो डायरी र पेनसहित सम्मान गरेको नेफिन जापानका महासचिव प्रमिला राईले जानकारी दिनुभयो ।

भेटघाट तथा सम्मान कार्यक्रमले आगामी दिनहरूमा नेफिन जापान र एनआरएनए ‍ एक आपसमा सहकार्य गरी मातृभूमि नेपाल र गैरआवसिय नेपालीहरूको हकहितको लागि एक भएर अघि बढ्न सघाउ पुर्‍याउने सहभागीहरूले बताए ।

कार्यवाहक अध्यक्ष श्री गुरुङको सभाध्यक्षमा हिजो टोकियो स्थित रातो माटो नेपाली रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेफिन उपाध्यक्ष थानु राना, मगर सङ्घीय परिषद्को तर्फबाट स्वागत मन्तव्य नेपाल मगर संघ अध्यक्ष राम हरि खपान्गी मगर र कार्यक्रम व्यवस्थापन-नेफिन सह-कोषाध्यक्ष नेवार्नि मैचा (सारा श्रेष्ठ) र कार्यक्रम सञ्चालन नेफिन महासचिव-प्रमिला राईले गरेकी थिइन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय