सोलुखुम्बु , मंसिर ११ । सामान्य खेति किसानी र सिकर्मी काम गर्दै आएका सोलु दुधकुण्ड नगरपालिका वडा न २ सालावेशीको किसान दावा शेर्पा व्यावसाहिक जडिबुडि उत्पादनमा लागेका छन । विगत २ बर्ष देखि यस खेतीको सुरुवात गरेका दावा शेर्पाले सिकर्मी काम छाडेर व्यावसाहिक बहुमुल्य जडिबुटि सतुवा उत्पादनमा लागेका हुन । सुरुवातमा यस खेती सम्बन्धि ज्ञान नहुदा दुख पाएका उनी आफैले ज्ञान आर्जन गरि खेती तर्फ लागेका हुन । अहिले उनको ८ रोपनी जग्गामा सतुवा खेती गरेका छन ।

जिल्लामा पहिलो सतुवा फार्म संचालन गरेका शेर्पाले एडिवीको ८० प्रतिशत सहयोगमा खेती सुरुवात गरेका थिए । छोराको नाममा रहेको यस फार्ममा अहिले १ देखि ३ बर्ष सम्मका सतुवाहरु उत्पादन गरि रहेको छ । सतुवा उत्पादन गरि विक्रि योग्य बनाउनका लागि ५ बर्ष लाग्ने शेर्पा बताउछन । छोराको नाममा रहेको एसएस जडिबुटि फार्म सोलुखुम्बु जिल्लाको नमुनाको रुपमा रहेको छ । विहान देखि बेलुकीसम्म शेर्पा सतुवा खेतीको रेखदेखमा नै हुने गर्छ । भविष्यमा छोरा नातीसम्मको लागि यस फार्मले लाभ दिने शेर्पाको विश्वास छ ।

विशषत सतुवा औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ मुटुको रोग क्यान्सार, मधुमेह रोग उपचारका लागि प्रयोग गर्ने गरिन्छ । प्रति केजी ८ हजारमा विक्रि गरिने सतुवाको बजार चीन रहेको छ । अन्य किसानले गर्न चाहेमा व्यावसाहिक ज्ञान दिन तयार रहेको शेर्पा बताउछन ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय