नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब ३६ दिन मात्र बाँकी छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २५ अनुसार, सरकारले गभर्नर नियुक्त गर्ने हो भने अधिकारीको अवधि अब ६ दिन मात्र बाँकी छ। ऐनअनुसार, गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगावै नयाँ गभर्नर नियुक्त गरी सार्वजनिक सूचना निकाल्नुपर्ने हुन्छ। यही व्यवस्थाअनुसार फागुन २५ गतेबाट गभर्नर अधिकारी बिदामा बस्नुपर्छ।

ऐनको दफा १५ मा अर्थमन्त्री अध्यक्ष रहनेगरी सदस्यमा पूर्व गभर्नरहरूमध्येबाट एकजना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट एक जना गरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ । यही व्यवस्था अनुसार सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गभर्नर सिफारिस समिति गठन गर्न सक्छ । यही फागुन २५ गतेबाट गभर्नर बिदामा बस्ने तयारी भएको स्रोतले जानकारी दियो ।

गभर्नरको आकांक्षीको लाइनमा राष्ट्र बैंककै कार्यकारी निर्देशकदेखि पूर्वअर्थसचिव, पूर्वडेपुटी गभर्नर, अर्थशास्त्री र बैंकर छन् । हालका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिमिल्सिना र बमबहादुर मिश्र, तित्कालीन डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, राष्ट्र बैंकका दुई कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र डा. गुणाकर भट्ट छन् । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना, लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्ट, प्रभु बैंकका सीईओ अशोक शेरचन गभर्नरका आकांक्षी देखिएको स्रोतले जानकारी दियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय