Advertisement


धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार आजैबाट सी–आस्वा अनिवार्य रुपमा लागु हुने भएको छ । धितोपत्र बोर्डले एक महिना पहिलेनै यो निर्देशन जारी गरेको हो । सी-आस्वा भनेको सेयरमा लगानी गर्ने रकम बैंक खातामा नै रोक्का रहने प्रणाली हो ।

यसअघि कार्यानवयनमा आएको आस्वा प्रणालीभन्दा यो केही हदमा मात्रै फरक रहेको छ । आस्वा प्रणाली अध्यासमा आएपछि ग्राहकहरुले बैंकमार्फत आस्वा दर्ता नम्बर पाएपछि घरबाटै इन्टरनेटको सहयोगमा आवेदन दिन सक्थे । हाल सी आस्वामा भने यसले लगानीकर्ताहरुलाई मात्र नभई बिक्री प्रबन्धक, बैंक लगायतलाई पनि सहयोग पुग्ने भएको हो ।

यसअघि बिक्री प्रबन्धकलगायतले आवेदन प्राप्तिपछि कतिपय काम म्यानुअल्ली नै गर्नुपर्ने अवस्था थियो । अब भने यो प्रणालीमा आधारित हुनेछ । लगानीकर्ताले बैंकबाट सीआरएन नम्बर (सी–आस्वा दर्ता नम्बर) लिएपछि घरबाटै इन्टरनेट मार्फत सेयरमा आवेदन दिन सक्नेछन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड कम्पनीले सी आस्वा मार्फत आवेदन दिन सहज बनाउदै मेरो सेयर अनलाइन सुविधा पनि दिएको छ । सी आस्वापछि सेयर बाँडफाँट प्रक्रिया भने अहिलेभन्दा छिटो हुने भएको छ ।

-online sanjal

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय