हिमाली सन्देश दोलखा जिल्ला माली यलुङमा २०५१ सालमा जन्मिएका गायकआङ तेन्जी शेर्पाले पहिलो एल्वम सोल्टीनी ज्यूको सफलता पछि दोस्रो एल्वम ए हौइ कान्छी बजारमा ल्याउने तयारी गरि रहेका छन । सानो छदा देखि नै गायन पेशामा लाग्ने इच्छा रहेपनि सानोमा लाग्न नसकेकोहिमाली सन्देश डटकमलाई जानकारी दिए । शेर्पा भन्छन इच्छा भएर मात्र हुन्न रहेछ यसका लागि धेरै मेहनत, परिश्रम र लगनशिलता हुनु पर्ने रहेछ ।
गायक शेर्पाले पहिलो एल्वम मलेसियामा ३ बर्ष बसेर आएपछि बजारमा ल्याएका थिए । उनको पहिलो एल्वममा ५ वटा गीत (बस्यौँ है माया, डाँडाको गुम्बा, माथिमाथि लेखमा, लेसार मेलामा) समाबेश थिए । यस एल्वमको बस्यौँ है मायाले बस्यौँ गित एकदमै चलेको थियो ।
पहिलो एल्वमको सफलता पछि गायक तेन्जी शेर्पाले दोस्रो एल्वम ए हौइ कान्छी बजारमा ल्याउने तयारी गरेका छन । दोलाखा जिल्लाको माली यलुङमा हुने छेच्यू पुजाँको समयमा एल्वम ल्याउने तयारीमा जुटेको छ । एल्वमका सवै गीतहरु भिडियो सहित ल्याउने तयारीमा छन गायक तेन्जी शेर्पा ।
यस पेशालाई निरन्तरता दिने उनको सोच छ । उनलाई यस पेशामा लाग्न बुबाआमाले प्रेरणा दिएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय