Advertisement


दोलाखा जिल्ला चित्रेमा जन्मेको सोनाम शेर्पाले नेपाली संगीत क्षेत्रमा राम्रो स्थान जमाउन सफल भएका छन् । पछिल्लो समयमा संगीत क्षेत्रबाट शेर्पा समुदायको लोक प्रिया कलाकार बन्न सफल शेर्पाले शेर्पा र नेपालीमा दुई दर्जन भन्दा बढी गीत गाएका छन् । समुदायले स्वरको धनी गायक भनेर चिनिने शेर्पाले २०५६ बाट संगीत क्षेत्रमा प्रवेश गरेको थियो । शेर्पाले छाडेर जाने गीतबाट नेपाली संगीत क्षेत्रमा नै रहने हौसला मिलेको छ । सानोमा शेर्पा गीत संगीतहरु बजारमा ल्याउने उद्देश्यले संगीत यात्रा शुरु गरेको शेर्पा अहिले संगीत क्षेत्रमा नै रमाई रहेका छन् ।

परिवार र समुदायको राम्रो साथ पाएको वताउने शेर्पाले आफु नेपाको एक चर्चित कलाकार भन्न रुचाउछन् । समुदायको माया सँगै समुदायको वुद्धिजिवीहरुको साथ पाउने र कलाकारलाई चिन्न सक्ने हो भने शेर्पा कलाकार पनि राष्ट्रिय कलाकार भन्दा कम नभएको र आफ्नो प्रतिभा लुकाएर बस्न बाध्य नहुने उनको भनाई छ । शेर्पाले पछिल्लो समयमा समुदायमा ल्याउन सफल मरिसकेको माया गीतबाट जनै दर्शकको मन मनमा वस्न सफल भएका छन् । शेर्पाले हाल सम्म तीनवटा एल्वम निकाल्न सफल भएका छन् भने नयाँ गीतको तयारीमा लागि परि रहेका छन्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय