
टोकियो – एन बोइज टोकियोको प्रस्तुतिमा चर्चित कलाकार जेमसी आउँदो फेब्रुअरी २३ तारिखमा टोकियोको एटम सिन्जुकुमा लाइभ कन्सर्ट गर्ने भएका छन्।
साँझ ५:३० बजेदेखि राति ९ बजेसम्म चल्ने कन्सर्टमा दर्शकहरु अपरान्ह ४:३० बजे प्रवेश गर्न सकिने आयोजक नवीन लामाले जानकारी दिनुभयो ।

कन्सर्टको टिकट मूल्य नर्मलको लागि ५,००० येन, जोडीको लागि ९,००० येन र VIP को लागि १०,००० येन तोकिएको छ। सिन्जुकु सान्चोमे स्टेशनको B3 एक्जिटबाट ५ मिनेट पैदल हिँडेर वा सिन्जुकु स्टेशनको सेन्ट्रल इस्ट एक्जिटबाट ११ मिनेट पैदल हिँडेर कार्यक्रम स्थलमा पुग्न सकिन्छ।
थप जानकारीको लागि ०८०-७४९३-२४६९ मा सम्पर्क गर्न सकिन्छ।