काठमाडौँ ‘मैले माया तिमीलाई’ म्युजिक भिडियो सार्वजनिक भएको छ । माई क्रियसन मिडियाले उत्पादन गरेको म्युजिक भिडियो शनिबार काठमाडौँमा सार्वजनिक गरे ।
सोनु लामाको शब्द तथा उर्गेन दोङको संगीत संयोजन रहेको गीतमा मिङमा शेर्पा र सुजीता योन्जनले स्वर दिएका छन् । भिडियोको निर्देशन तथा सम्पादन मिङमा शेर्पाले नै गरेका छन् ।

छोङबा शेर्पा र याङगी दोङको अभिनय रहेको  भिडियोमा  युवा(युवतीको रोमान्टिक प्रेमकथा देखाइएको छ । म्युजिक भिडियोलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको गायक तथा निर्देशक मिङमाको विश्वास छ ।

निषेधाज्ञा खुकुलो भएसँगै म्युजिक भिडियोको छायाँकन धमाधम भइरहेको छ । हरेक दिनजसो नयाँ–नयाँ गीतका म्युजिक भिडियोहरु युट्युबमा सार्वजनिक भईरहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय