जापानमा छांयाकान गरीएको म्युजिक भिडियो तिम्रो माया सार्बजनिक भएको छ । मार्च ३१ तारीख GMS MUSIC &Films बाट औपचारीक रुपमा सार्वजनिक भएको हो ।
गायक सुमन के सि र दीपा लामा को स्वरमा सजिएको म्युजिक भिडियो “तिम्रो माया ”मा जापानलाई कर्म थलो बनाउदै आएका शिरीष गौतम र इन्दिरा केसीको अभियन रहेको छ ।

किशोर पोख्रेलको शब्द रहेको यस गीतमा संगीत रमेश अंजान कदरियाले दिएका छन । म्युजिक भिडियोलाई गोविन्द बिष्टले छायांकन र निर्देशन गरेका हुनभने बिकाश ज्ञवालीले सम्पादन गरेका छन ।

गीतमा प्रेमिल भावनालाई गहिरो ढंगले अभिव्यक्त गरिएको छ। “देवता विनाको मन्दिर र तिमी विनाको जीवन”, “सुगन्ध विनाको फूल र तिमी विनाको जीवन” जस्ता शब्दहरूले गीतको आत्मालाई प्रभावशाली बनाएका छन्।

भिडियोको सुटिङ जापानका विभिन्न रमणीय स्थानहरुमा गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय