चर्चित ‘म्हेन्दोमाया गायिका’ रमला पाख्रिन तामाङको नयाँ गीत सार्वजनिक भएको छ । ‘ङ्याला बोलिरी’ बोलको यस गीतमा गायिका रमला र नेत्र पाख्रिन तामाङको स्वर रहेको छ ।
‘म्हेन्दोमाया साम्राज्ञी’को रुपमा चिनिएकी रमलाको यो पछिल्लो म्हेन्दोमाया गीत हो । शाइलप वाइवाको शब्दरचना रहेको यस गीतको संगीत संयोजन पवन वाङ लामाले गरेका हुन् ।
तामाङ फिल्मका अभिनेता एवं मोडल समेत रहेका राजकिङ वाइवाको निर्देशन, कोरियोग्राफी र सम्पादन रहेको यस भिडियोलाई गायिका रमलाकै अफिसियल युट्युब च्यानल ‘रमला पाख्रिन तामाङ’बाट सार्वजनिक गरिएको हो ।
भिडियोमा राजकिङसँगै रुपा एस घले, ननिता हिमरुङ तामाङ र समीर तामाङले अभिनय गरेका छन् । जम्बलिङ फिल्म र जीएस क्रियशनको प्रोडक्शन रहेको यस भिडियोलाई सुरज गोम्जाले खिचेका हुन् ।
दर्शकले यस भिडियोलाई रुचाएका छन् । युट्युब दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेकाले यस गीतबाट आफु आशावादी रहेको गायिका रमलाको भनाइ छ ।