टोकियो: नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभा नागोयामा सम्पन्न भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मञ्चले पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले एनआरएनलाई नागरिकता दिने र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्य माओवादी नेतृत्वको सरकारले गरेको भन्दै मञ्चले पार्टीका हरेक निर्णय कार्यान्वयन गराउन र विश्वभर रहेका मञ्चहरूलाई सक्रिय बनाउन खेलेको भूमिकाको प्रशंसा गरे।

प्रचण्डले सरकारमा रहँदा जनपक्षीय काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा आफ्नो नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको बताए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्माले राजावादीहरूले राजा फर्काउने सपना देखे पनि त्यो सम्भव नभएको बताए। उनले माओवादी जनतातिर फर्किएको र समाजवादको बाटो स्पष्ट पारेको बताए।

उनले खाडी र एसियामा पार्टीको संगठन सशक्त बनाउन आग्रह गरे। कार्यक्रममा पार्टी एसिया प्रदेश संगठन समितिका सहसंयोजक डा. भूपालमान श्रेष्ठ, सचिव भवानी पन्त, प्रवास समन्वय समितिका सदस्य हवलचन्द्र लामा, रामहरि पुडासैनी, शालिकराम भण्डारी, एनआरएनए जापानका अध्यक्ष नविन निउरे, व्यवसायी संघ जापानका उपाध्यक्ष नरबहादुर थापा, मञ्चका पूर्व अध्यक्ष मोहन खत्री, एनआरएनए आइसीसीका अभियन्ता गोविन्द श्रेष्ठ रोविन्द, नेपाली  समाचार

नागोयामा जनप्रगतिशील मञ्चको सभा: प्रचण्डद्वारा भूमिकाको प्रशंसा र राजावादीको आलोचनाका प्रधान सम्पादक तिलक मल्ल, मञ्चका लेखा अनुशासन तथा अनुगमन आयोगका संयोजक अर्जुन ढकाल, जेनी लगायतले बोलेका थिए।

सभाले मञ्चको विधान संशोधन गर्नुका साथै ओकिनावा, कान्साई, कान्तो, सेन्दाइ, गुन्मा तोचिगी र नागोया क्षेत्रीय समितिहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।
कोषाध्यक्ष गौरी सापकोटा र महासचिव दावा लामा शेर्पाले प्रस्तुत गरेको वार्षिक आयव्यय र सांगठनिक प्रतिवेदन पनि पारित भएको थियो।
नागोया क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा सम्पन्न सभाको अध्यक्षता मोहन पौडेलले गरेका थिए भने सञ्चालन महासचिव दावा लामा शेर्पाले गरेका थिए।

 

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय