नेपाल गितार ट्युटोरियल ,संगीत पाठशाला र पेपरबक्सको संयुक्त आयोजना र EDUQUEST NEPAL ,WAKAW VISUALS ,MIM AUSTRALIAको सहयोगमा भइरहेको नेपालको पहिलो भर्चुअल ब्याण्ड प्रतियोगितामा जापानमा रहेको THE WE (हामी) ब्याण्ड टप २०को दोस्रोमा पर्न ‌सफल भएको छ ।

जापानमा नेपाली समुदायमाझ निकै चर्चा कमाउन सफल ब्याण्डको रुपमा परिचित THE WE (हामी) ब्याण्डका भोकालिष्ट नमराज देवान, गितारिष्ट द्वय निमेश राइ र सोजुन इचिमुरा ,बासिस्ट अनिकीत महर्जन र ड्रमर प्रशान्त बलामी अहिले जापानको ब्यस्त दैनिकीसंगै कडा मिहेनतका साथ उपाधि हात पार्न दिनँहु अभ्यासमा ब्यस्त रहेका छन ।

प्रतियोगितामा सहभागी THE WE (हामी) ब्याण्डलाइ जापानस्थित भिन्तुना डाइनिङ तथा नेपाली रेष्टुरेन्टले सहयोग गर्दै आइरहेको THE WE (हामी) ब्याण्डका गितारिष्ट निमेश राइले जानकारी दिनुभयो ।
हरेक हप्ताको शनिवार नेपाल गितार ट्युटोरियलको आधिकारिक युट्युव च्यानलबाट स्थानिय जापानी समय अनुसार साँझ ४ बजे लाइभ हेर्न सकिने भएकोले जापानमा रहनुभएका नेपाली समुदायले प्रतियोगिता हेरेर हौसला अनि सहयोग गर्न THE WE( हामी) ब्याण्डका भोकालिष्ट नमराज देवानले अनुरोध गर्नुभएको छ ।

 

नेपालको इतिहाँसमै सम्भवत पहिलो पटक आयोजित भर्चुअल ब्याण्ड प्रतियोगितामा यसबर्षको जनवरी महिनाबाट सुरुवात भएको थियो । प्रतियोगितामा नेपाल ,भारत ,जापान ,हङकङ ,अष्ट्रेलिया लगायत गरी जम्मा ७३ वटा ब्याण्ड सहभागिता भएका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय