कोलोरडो राज्य भौगोलिक रुपमा बिशाल हुनुका साथै यहाँका शेर्पाहरु चारै तिर छरिएर बसेका हुनाले सबैलाई एकै ठाउँमा भेला हुन कठिनाई हुने भएकाले हरेक बर्ष दुई ठाउँमा छुट् छुटै ल्होसार आयोजना हुँदै आई राखेको छ र यही अन्तर्गत हरेक बर्ष कोलोरडो को गोल्डेन सिटीमा आयोजित हुँदै आई राखेको ल्होसार कार्यक्रम यो बर्ष गत मार्च ३ मा सम्पन्ना भएको थियो
बिहानि पख लामाद्वारा पूजापाठ र अभिशेकबाट प्रदान गर्नु हुँदै अमेरिकन र नेपाली राष्ट्रिय गानबाट बिधिवत रूपमा सुरुवात गरिएको यो कार्यक्रम, बिहान ९:३० बजेबाट राती १२:०० बजे सम्मा विविध संगितिक र सन्स्कृतिक कार्यक्रमको बीच भब्यताकसाथ सन्चालन भएको थियो /
आन्दजी ३०० जनाको जतिको उपस्थिति रहेको यो कार्यक्रममा आयोजकको तर्फबाट लाक्पा शेर्पाले स्वागत मन्तव्य दिनु भयो, भने आयोजक सदस्यहरूले हातमा खाता लिएर ङिमा किपी ङिमा भन्ने बोलको गीतबाट उपस्थित पाहुनाहरूलाई स्वागत गरिएको थियो ।
दुई चरणमा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम पछि लन्चको लागि समय छुट्याईको थियो । लन्चपछि साङ्गीतिक र सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा कलाकारले गायन र विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए । अत्यन्त आकर्षक सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा दर्शकले पनि कलाकारलाई साथ दिएका थिए । कार्यक्रमको मुख्य आकर्षणका रूपमा तिब्बतीयन कलाकारको विविध प्रस्तुति रहेको थियो ।
यसै गरी ४:३० बजे तिर नास्त खाने कार्यक्रम राखिएको थियो भने नास्त पस्चात् पुरानो अयोजकलाई धन्यबात् दिदै नयाँ आयोजकको चयान् र सफलताको शुभकामना दिदै औपचारिक कार्यक्रमलाई समापन गर्दै रात्री भोजनसम्मा डिजे सेसन् सन्चालन भयो। रात्रि भोजनपछि शेब्रुको तालमा दर्शकले माहौलमा रौनकता थपेका थिए भने आयोजकहरुको तर्फबाट पनि उपस्थित सबैलाई खाता लगाइ धन्यवाद ज्ञापन गरिएको थियो /
यस् पस्चात् कार्यक्रमको अन्तिम चराणमा डिजे सेसनले पुरै रात्रिकालिन समयलाई उत्साहित बनाउदै राती १२ बजे तिर २१४५ औ स फो खिलो ग्याल्पो ल्होसार कार्यक्रम समापन गरिएको थियो यो बर्षको ल्होसार कार्यक्रम आयोजकहरुमा क्रमश ल्हक्पा र दिकी शेर्पा-गोल्डेन, पसाङ् र जाङ्मु शेर्पा-अरोरा र ङिमा र दावा फुटी शेर्पा-कोलोराडो स्प्रिङ्स् रहेको थियो