लाक्पा सँंगे शेर्पा वोष्टन फेव्रुअरी १७, शेर्पा किदुक अमेरिकाको आयोजनामा हिजो शुक्रवारवाट अमेरिकाको मूख्य शहर शेर्पाहरुको मुख्य वसोवास रहेको न्युयोर्कको ज्याकसन हाइटमा सा फ खि लो २१४५ औ ल्होसार विभिन्न कार्यक्रमको आयोजना गरि हर्षोल्लासको साथ मनाउन शुरु गरेका छन । च्या लो अर्थात चरा वर्ष २१४४ लाई विदाई गर्दे नया वर्षलाई उल्लास मय रुपमा स्वागत गरिएको किदुक युएसए ले जनाएको छ ।ल्हासारको पहिलो दिन न्युयोर्कको शेर्पा किदुकको गुम्वामा ग्यालवो ल्होसारको दिन शेर्पाहरु रम्नमा व्यस्त देखिन्न्थे गुम्वा भित्र गुरुहरु विहानै देखि पुजामा तल्लीन थिए भने वाहिर सडकका आमुन्ने सामुन्ने मा शेर्पा शेर्पेनीहरु न्युयोर्कको क्वीन्समा परम्परागत शेर्पाहरु भेषभुषामा सजिएको शेर्पाहरुले सडकनै कव्जा गरि नाच्न गाउन र रमाइलो गर्नमा व्यस्त देखिएको न्युयोर्कका वरिष्ठ पत्रकार आंछिरिगं शेर्पाले जानकारी गराउनु भयो । उहाका अनुसार मौलिक भेषभुषामा सजिएका दर्शकदिर्धा हरुको निकै नै भिड थियो । पैदल यात्रीहरु नाच देखेर दंग थिए। न्युयोर्क वासी अमेरीकन हरुले निकै चासोका साथ दिएर नियाली रहेका थिए भने कत्तिले त संगै नाचेका थिए । सडकमै न्युयोर्क का शेर्पा समुदायले ल्होसार मनाएका शेर्पा किदुक अमेरीकाको प्रस्तुतीले न्युयोर्कका सिटी काउन्सील मेन डेनियल निकै खुशी थिए। उहाल्े श्ोर्पाहरुको नयावर्ष ग्यालवो ल्होसार मा शुभकामना दिनका साथै संग संगै खुशी साटासाट गर्नु भएको थियो।
यो वर्ष को ल्होसार खि लो भिन्न तरीकाले मनाउन पाएको मा अमेरिका वासी शेर्पाहरु खुशीले गदगद थिए। नया र वेग्लै अनुभुति गरेको समेत वताएका छन।१८ वर्ष सम्म अमेरिकामा आएर पनि ल्होसार मनाउन नपाएकी सोलुकी माया शेर्पाले आफ्नो भाषा संस्कृति अमेरिकामा आाएर पनि भुल्न नसकेको वताउदै स्यव्रु नाचिरहकेी थिइन। आफनै गुम्वामा स्याव्रु नाच्न पाउदा निकै गदगद थिइन। विश्व शान्तिको कामना सहित न्युयोर्क गुम्वामा आयोजित ल्होसारमा अन्य शेर्पाहरुपनि निर्कै हर्षित देखिन्थे। उनीहरुले गुम्वावाट पुजापाठ सहित निक्लेका लामाहरु सहितले मन्त्रोच्चारण पुजा संगै हातमा स्ेतोपीठो आकास तिर छर्कैर भगवान क्ये क्ये स्होसो ल्हागेलो भगवान को जयजयकार गर्दे विश्व शान्तिको कामाना गरेका थिए । भने किदुकको प्रंगणमा नया ध्वजा पताका वा तर्चोक उठाउने र सामुहीक रुपमा के सो सो ला गेलो भन्दै सेतो पिठो आकासमा छर्की भगवानको पुजा गरि एक आपसमा शुभकामना आदान प्रदान गर्दै ल्होसारले सवैमा शुख शान्ति र समृद्धि ल्याउन सकोस भन्दै कामना पनि गरेको किदुकद्धारा जारी विज्ञप्तीमा जानकारी गराइएको छ ।
ल्होसार पुजामा ११ वजे आउनुभएको काउन्सीलले् पनि हात जोडेर प्राथाना गर्नुभएको थियो । आफ््नै मौलिक संस्कृतिमा आधारीत ल्होसार पुजामा सम्मीलीत हुन पाउदा निकै खुशी भएको काउन्सीलले प्रतिक्रृया दिनुभएको थियो । उहाले शेर्पा समुदायाले् गरेको यस्तो कामनाले विश्व शान्तिमा मद्धत पुग्ने विश्वास पनि गर्नु भएको वताइएको छ । किदुकले विगतमा भन्दा ल्होसारको दिन गुम्वामा पुजा आजा गर्न आउनेका भीड वढी हुन थालेपछि यस पटक देखि आसपासको वाटो वन्द गर्न न्युयोर्क सिटिसंग तिन महिना अघि नै माग गरेका थिए। त्यही अनुसार सिटीले विहान ९ वजे वाट दिउसो २ वजेसम्मको .लागी किदुकको भवन अगाडी तिरको वाटो र गुम्वा नजीकैको वाटो वन्द गराएको थियो। अमेरिकामा सरकारले शेर्पा हरुको चाडलाई निकै मान्यता दिएकाले न्युयोर्कका शेर्पाहरुले धंन्यावाद दिएका छन । यस पटकको ल्होसार को पहिलो दिन आ आफ्नै धररमा ल्होसार मनाएर गुम्वा पुग्ने वौद्ध धर्मावलम्वीहरुका्े संख्या पनि हजारौ को संख्यामा रहेको थियो। गुम्वाामा भेलाभएका वालवालीकाहरुल्े किदुकलाई उपहार पनि प्रदान गरेको शेर्पा किदुक न्युयोर्क अमेरिकाले जनाएको छ ।
वाल मैत्री ल्होसारको आयोजना
शेर्पा किदुकले आयोजना गरेको कार्यक्रममा किदुकका शैक्षिक तथा विद्यार्थी समिति एनएस पीले वालवालिकाहरुलाई लक्षीत गर्दे वाल मैत्री लोसारको विविध कार्यक्रमको आयोजना गरिएको थियो । फेवू्रअरी १७ आयोजित सो कार्यक्रममा किदुकले वालवालीकाहरुलाई आफनो भाषा धर्म संस्कृति प्रति आर्कषित गर्दे समाजमा रहेक पुुस्तान्तरण समस्यालाई न्युनिकरण गर्ने उदेश्यका साथ ९ वर्ष देखि १७ वर्ष उमेर समुहका वालवालीकाहरुको लागी विशेष वाल ल्होसार कार्यक्रमको आयोजना गरिएको जनाईएको छ ।कर्मभुमि अमेरिकामा रहेर पनि आफनो भाषा संस्कृतिको जगेर्ना गर्ने उदेश्यले शेर्पाकिदुक अमेरिकाले वाल ग्यालवो ल्होसार मनाउने कार्यक्रम शुरु गरेको छ । किदुकको संयोजनामा न्युयोर्कमा शेर्पा वालवालीकाहरुको सहभागीतामा विभिन्न प्रतियोगीता र स्याव्रु नाच लगायतका कार्यक्रम गरी हर्षाेल्लासका साथ यो वर्षको ल्होसार मनाइएको किदुकले जनाएको छ । ल्होसारको परंपरालाई नया पुस्तान्तरण गर्नै उदेश्यले वाल ल्होसार मनाउन थालिएको शेर्पा वुद्धीजीवी हरुले वताउनुभएको छ । विभिन्न सांगितिक कार्यक्रम खेल लगायत को कार्यक्रमको आयोजना गरिएको यो वाल ल्हासार वालवालीकाहरुलाई आफ्नो कला संस्कृति नभुलोस भन्नका लागी पनि आयोजना गर्नु उदाहरणीय कार्यको रुपमा लिइएको जनाइएको छ । ल्होसारको पहिलो दिन गुम्वामा पुजा गर्ने परम्परा रहिआएको जानकारी दिनुहुदै किदुकका महासचिव तेण्डी शेर्पाले ल्होसार शुरु भएको १५ दिन भित्रमा ल्याप्सो आयोजना गर्दे आएको जानकारी दिनुभयो।यस पटकाको ल्याप्सो फेव्रुअरी २५ तारीख वाल्देनमा हुने भएको र मार्च ३ मा भव्य ल्होसार पाटीको आयोजना गर्न लागीएका्े छ । भने ल्यापसुको सवै तयारी पुरा भएको आयोजक संस्था किदुक अमेरिकाले जनाएको छ । यसै गरि अमेरीका लगायत विश्वका विभिन्न स्थानमा वसोवास गर्ने शेर्पा दाजुभाइ तथा दिदि वहिनीहरुले पनि आ आफनो तरीकाले यो ल्होसार लाई मनाएका छन। मलेशिया,दुवई जापान कोरिया र युरोपियन देशमा कर्मथलो वनाएर वसोवास गर्दे आएका शेर्पाहरुले आफनेो संगठन शेर्पा किदुकको संयोजनमा यो वर्षको ल्होसार मनाउन शुरु गरेका छन नयावर्षलाई स्वागत र वितेका वर्षलाई विदाई गर्दे विविध धार्मिक सांस्कृतिक कार्यक्रम गरी मनाइनृे यो चाडलाई शेर्पाहरुले विशेष महत्वको साथ लिइदै आएको वताइएको छ । नेपालमा पनि विभिन्न हिमाली भेगमा वस्दै आएका शेर्पाहरुले हर्षौल्लासका साथ मनाएका छन ।
फोटो सौजन्य शेर्पा किदुक यूएसए र पत्रकार आंग छिरिगं शेर्पा