इलाम माइजोगमाई गाँउपालिका एक शङबुखङ नँया बजारमा बौध चैत्य उदघाटन, वाङ अभिषेक तथा साँस्कृतिक कार्यक्रम एकैसाथ सम्पन्न भएको छ ।
शाक्य मुनि गौतम बुद्धले बुद्धत्व ज्ञान प्राप्त गरिसकेपछि उनको स्मृतिमा निर्माण हुने बौद्ध चैत्य (झ्याङछुप छ्योर्तेन) शङ्खबुङमा पनि निमार्ण गरिएको छ । बौद्ध चैत्य(झ्याङछुप छ्योर्तेन) श्रद्धोय धर्मगुरु खेम्पो साङ्गे रङजुङ रिम्पोछेले उद्घाटन गरेको छ । बौद्ध चैत्य (झ्याङछुप छ्योर्तेन) ऐतिहासिक रुपमा रहेको बौद्ध स्तूपलाई आधुनिक डिजाइनमा परिवर्तन गरी पुन र्निर्माण गरिएको गोन्पा ब्यवस्थापन समितिका अध्यक्ष पेम्बा लामाले बताएको छ ।
बौद्ध चैत्य उद्घाटन लगतै वाङ अभिषेक कार्यक्रम परम पुजनीय खेन्पो साङ्गे राङजुङ रिन्पोछेले प्रदान गरेको आयोजकले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने शङ्खबुङ नँया बजार स्थित श्री पलयुल साङ्घ छोलिङ गोन्पा भुकम्पले क्षतिग्रस्त भएको र धेरै पुरानो भएकाले पुन निमार्ण गर्नुपर्ने अध्यक्ष लामाले जनाएको छ ।
करिब दुई पुस्ता पुरानो श्री पलयुल साङ्घ छोलिङ गोन्पाको पुन निमार्णका लागि वाङ अभिषेक कार्यक्रम र साँस्कृतिक कार्यक्रम एकैसाथ आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा माइजोगमाई गाँउपालिकाका प्रमुख जीत बहादुर राई माइजोगमाईमा रहेका बिभिन्न संघ संस्थाको प्रतिनिधि र करिब ९ सय भन्दा बढी श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थिए भने नव गायक निमा शेर्पा र बरिष्ठ लोक गायक इन्द्र गुरुङ साँस्कृतिक कार्यक्रमको लागि उपस्थिति भएका थिए । गोन्पा ब्यबस्थापन समितिले गोन्पा निर्माणको लागि सम्पूर्णलाई सहयोगको आग्रह समेत गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025 Afnai News सर्वाधिकार सुरक्षित