शेर्पा सञ्चार समुह नेपाल जिल्ला कार्यसमिति खोटाङद्धारा खोटाङको विकट शेर्पा गाउँ बिस्खाममा उद्घोषण तालिम सञ्चालन गरेको छ । स्थानिय शेर्पा समुदायका युवाहरुको उत्साहपुर्ण सहभागिता रहेको तालिममा बाकाचोल गा.वि.स ,खार्पा लगायत अन्य गा.वि.स र राई तामाङ समुदायको यवाहरुको समेत सहभागिता जनाएका थिए । संस्थाको पहिलो कार्यक्रम भएको र सुरुवातमा धेरै गाह्रो भएता पनि यो कार्यक्रमको सफलतासंगै अझ अरु काम गर्न उर्जा मिलेको बताउछन संस्थाका अध्यक्ष तेम्बा शेर्पा । कार्यक्रममा टाढाबाट आउने सहभागिहरुलाई खाना बस्नको समेत ब्यवस्था गरेका थियो । वैशाख १५ गते देखि २२ गते सम्म संञ्चालन भएको तालिममा ३० भन्दा बढि युवाहरुको सहभागिता जनाएका थिए भने प्रशिक्षण कार्यक्रम सञ्चालिका तथा शेर्पा सञ्चार समुह नेपालका केन्द्रिय महासचिव निम्लेकी शेर्पाले दिएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025 Afnai News सर्वाधिकार सुरक्षित