Advertisement


न्युयोर्क । तामाङ समाज उत्तर अमेरिकाले हालै गाईको मासु खाएको आरोपमा प्रहरीले पक्राउ गरेकालाई रिहा गर्न माग गरेको छ । म‌ंगलबार समाजले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरु निर्दोष देखिन आएकोले रिहा गर्न माग गरेका हुन् ।

प्रहरीले केही दिन अघि मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई पक्राउ गरेको थियो । नेपाल धर्म निरपेक्ष रहेको र गाईको मासु खाने चलन हिमाली समूदायमा प्रचलित रहेको उल्लेख गर्दै समाजले उनीहरुलाई विना शर्त रिहा गर्न माग गरेको हो ।

‘धर्मनिरपेक्षतालाई अात्मसात गर्दै मकवानपुर घटनामा अनावश्यक दुख दिदै जेल परेकाहरुको विना शर्त रिहाईको लागि सरकारसँग माग राख्दछ,’ अध्यक्ष लक्यान लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

तीनै जनालाई व्याक्तिगत रिसइबीका कारण थुनेको भन्दै उनीहरुलाई छाड्दिन नेपाल तामाङ घेदुङले गृहमन्त्री रामबहादुर थापा वादललाई ज्ञापनपत्र बुझाइसकेको छ ।

सोही घटनालाई जोडेर प्रदेश ३ का उपसभामुख राधिका तामाङसमेत मुछिएकी थिइन् । गाई काटेर खान पाउने नियम ल्याउने भनी उनले कतै अभिव्यक्ति नदिएको तामाङले प्रष्ट पारिसकेकी छिन् ।

-everest times news

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय