काठमाडौं । चौथो मिस शेर्पा प्रतियोगिता डिसेम्बर २९ मा हुने भएको छ। मिस शेर्पाका लागि अहिले अडिसन भइरहेको डिपास इन्टरनेसनलकी प्रबन्ध निर्देशक पासाङ शेर्पा ‘छेल्हमु’ले बताइन्।

१६ देखि २५ वर्षसम्मका युवतीहरु सहभागी हुने प्रतियोगिता शेर्पा महिलाहरुको क्षमता अभिवृद्धि गर्न र आत्मविश्वास बढाउन गर्न लागिएको उनले बताइन्।

‘चौथो मिस शेर्पा प्रतियोगिता पुस १४ गते हुदैछ। यसका लागि अडिसन लिने काम भइरहेको छ। मिस शेर्पाका प्रतियोगिका लागि शेर्पा भाषा, संस्कृति, सेब्रु नृत्यलगायत विषयमा २० दिन प्रशिक्षण हुनेछ,’ पासाङले भनिन्।

बौद्धिक रुपमा पनि बलियो बनाउन शेर्पा समूदाय र अन्य समूदायका बौद्धिक व्यक्ति, नेपालका चर्चित व्यक्तिहरुलाई पनि तालिममा ल्याइने शेर्पाले जानकारी दिइन्। समाजसेवी, उद्यमी, राजनीतिज्ञहरुले आफ्नो अनुभव सेयर गर्नुका साथै मिस शेर्पाका प्रतियोगिलाई तालिम दिइने उनको भनाई थियो। कोरियोग्राफी भने आरजे तथा मोडल कला सुब्बाले गर्ने भएकी छन्।

प्रतियोगिताको बिजेतालाई ताजसहित ३० हजार ३,३३ रुपैयाँ, फस्ट रनर अपलाई २० हजार २२२ र सेकेन्ड रनर अपलाई १० हजार १११ पुरस्कारको प्रदान गरिने आयोजकले जनाएको छ।
Source:Everest Time

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय