विस्व मानचित्रमा नेपालको नक्सा भारतमा गाभिएकोमा चिन्ता – फुर्वा शेर्पा /टाेक्याे विश्व शान्तिका अग्रदुत भगवान गौतम २५६१ औ जन्म जयन्ती टोकियो स्थित निप्पोन्जन मियोहोजी मन्दिरमा धार्मिक परम्परा अनुसार मनाएको छ । बुद्ध जयन्ती समारोहमा सहभागी वक्ताले विश्व मानचित्रमा भारतको नक्सामा नेपालको नक्सा अन्कित भएकोमा चिन्ता व्यक्त गरे । बुद्ध जयन्ती समारोहमा उपस्थित भक्तजनहरुलाई पूजारी अन्जु सँघ ‘रमा’ले आशिर्वाद दिदै जुन सुत्र र जुन रुपले आरधना गरे पनि आखिर हाम्रै गौतम बुद्धको अनुयायी भएकोले सबैले एकजुट भएर उहाको स्मरण गर्नु पर्ने आशय व्यक्त गर्नु भयो । साथै उहाले बुद्ध सम्बन्धी प्रचार प्रसार सामग्रीमा बुध्द भारतमा भएको र भारतको नक्सामा नेपालको नक्सा अन्कित भएको चिन्ता व्यक्त गर्नु भयो । कार्यक्रमकाे सुरुवातमा सगरमाथा आरोहि विश्व कृतिमान कायम र सिंङ्गो राष्ट्रकै निमित्त गत शनिवार सगरमाथा आराेहणकाे क्रममा मृत्यु हुनुभएका गौरवमय ब्यक्तित्व तथा शाहसिक, क्षमतावान, हाल ८६ बर्षिय स्व. शेरचनलाई संम्झदै १ मिनेट मौन धारण सहित विविध चर्चा र स्मरण पनि गरिएकाे थियाे ।कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली दुतबास जापानका राजदुत कृष्ण चन्द्र अर्यालले जापानी नागारिकहरुले अझै बुद्दजन्म भारतमा भएकाे भन्दै आएकाेमा आपत्ति प्रकट गर्नुभयाे । त्यस्तै डा. दिनेश मानन्धरले पनि विद्यार्थीकालमा भारतमा अध्ययन गर्दा प्रध्यापकहरुले बुद्ध र बुद्ध दर्शन सम्बन्धी भारत मै भएको उल्लेख गरेको तर त्यहा प्राध्यापकलाई अत्यन्त श्रद्दा गर्ने भएकोले आफुले विरोध गर्न नसकेको अभिव्यक्ती दिनु भयो । कन्या क्याम्पसमा करिब २ दशक प्राध्यापन गर्नु भएका दिपक नेपालले हामी जातिय भन्दा माथि उठेर राष्ट्रियताको सवालमा आवाज उठाइ सबै जाती र धार्मिक आस्थावानहरुले एकिकृत भएर भगवान गौतम बुद्ध प्रती आस्थावान हुनु पर्ने विचार व्यक्त गर्नु भयो । नेपाल आदिवासी जनजाती महासंघ र जापान स्थित अन्य जातिय संस्थाकाे आयोजनामा भएको सो कार्यक्रममा एनआरएन प्रतिनिधि, बुद्दिजिवी , संचारकर्मी, र पेशाकर्मीको पनि बाक्लाे उपस्थिती थियो । कार्यक्रममा महासंघका अध्यक्ष पासाङ शेर्पाले सहभागी सबैलाई धन्यवाद दिनु भयो । रेख ब्लोन तामाङ ,शालिकराम भण्डारी पनि सम्बोधन गरेका थिए भने सचिव देवी बहादुर इङ्नामले कार्यक्रम सन्चालन गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025 Afnai News सर्वाधिकार सुरक्षित