
शेर्पा किदुगले विगतको कार्यसमितिले गदै आइरहेको कार्यहरुलाई निरन्तरता दिदै थप कार्यहरु गदै अघि बडेको जानकारी किदुगका महासचिव आङ तेन्डी शेर्पाले दिएका छन । किदुगको साधारण सभामा महासचिव शेर्पाले अहिलेको कार्यसमितिले एक वर्षभित्रमा गरेका विभिन्न गतिविधिहरुको बारेमा सबैलाई जानकारी गराएका थिए । उनका अनुसार नया कार्यसमिति आएको वितिकै किदुग कार्यसमिति र महिला सकर टोलिको संयुक्त लगानीमा गुम्बा वारिपरि बगैचा सरसफाई र फुल रोप्ने कार्यको साथै नेपाल डे परेडमा मुख्य भुमिका निभाएका थिए । त्यस्तै गरि किदुगले न्युयोर्कसिटिको मेयर कार्यालयबाट प्रदान गदै आएको आइडी एनवाइसि परिचयपत्र समुदायलाई वितरण गर्नुको साथै युएस नेपाल क्लाइबर्स एसोसियसनसग मिलेर एभरेष्ट डे कार्यक्रम आयोजना गरेका थिए । किदुगले समुदायमा मानसिक र शारिरिक दुबै फाइदाको लागी लामा तेन्जिङबाट रेकीको तालीम , हिउदे खेलको रुपमा बास्केटबल प्रतियोगिता शुरु गर्नुको साथै नेपाली समुदायमा नेपाली भाषा र संगित कक्षाको समेत शुरु गरेकेा महासचिव शेर्पाले जानकारी दिएका थिए । बास्केटबल यस अघि समर स्पोटसको रुपमा बर्षनी आयोजना हुदै आएको थिए ।
यी कार्यहरु बाहेक बाषिर्क रुपमा अघिल्लो कार्यसमितिले गदै आएको बाषिर्क खेलकुद प्रतियोगिता समर स्पोटर्स, गुम्बामा हुदै आएको छेच्यु , लावाथुचेन, डुक्पा छेची, डोल्छा, नियमित पुजाहरु,सदस्यता वितरण,बुद्ध जयान्ती र छात्रावृति कार्यक्रमहरु निरन्तर भइरहेको उनले बताए । साधारण सभा लामा टृल्कु उर्गेन शेर्पा खम्बाचेको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रममा उपस्थित सवै अतिथिहरुलाई किदुगका बरिष्ठ उपाध्याक्ष डोल्मा शेर्पाले स्वागत मन्तव्य दिएका थिए । उक्त अवसरमा धर्मगुरु लामा टुल्कुले हामीले आफनो भाषा, धर्म र सस्कारलाई संरक्षण गर्नका लागी बालबालिकाहरु सिकाउन जरुर भएको बताएका थिए । लामा टुल्कुले शेर्पा समाजमा गरिदै आएको विवाह र मृत्यु सस्कारलाई परम्परागत र व्यवस्थित रुपमा सुधादै जानु पर्ने राय सुझाव समेत दिएका थिए । त्यस्तै किदुगका सल्लाहकार तथा लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव आङ दावा शेर्पाले बुद्ध भगवानको प्रारम्भिक शिक्षा अनुसार मादक प्रर्दथ सेवन नगर्नु भन्ने उपदेश अनुसार हाम्रो समाजले सार्वजनिक जीवनमा मादक प्रदर्थ सेवनलाई प्रोत्साहीत गर्नु नहुने बताए ।
कार्यक्रममा किदुगका पुर्व अध्यक्षद्धाय छोङबा शेर्पा खम्बाचे, सोनाम शेर्पा, नेपाल अमेरिका पत्रकार संघ नेजाका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, शेर्पा संघ अमेरिका तदर्थ समितिका संयोजक तथा जम्बुलिङ शेर्पा चिछोगका उपाध्याक्ष निमा शेर्पा, एनआरएन आइसिसिका सदस्य कुंगा शेर्पा, शेर्पा कल्चर सेन्टरका संयोजक कल्साङ छोपेल लगायतले किदुगले गरेको कार्यहरुको सराहना गरेका थिए । कार्यक्रममा किदुगले नेपाली समुदायमा स्वस्थ्य क्षेत्रमा योगदा पुर्याउदै आएका नर्सिङ एसोसियसनका अध्यक्ष ङिमा शेर्पालाई सम्मान गरेका थिए । उनलाई लामा टुल्कुले खादाका साथ सम्मान गरेका थिए । त्यस्तै किदुगले जम्बुलिङ शेर्पाको बरिष्ठ उपाध्याक्ष दावा जाङबु शेर्पा र शेर्पा संघ अमेरिकाका संयोजक निमा शेर्पालाई पनि खादाले सम्मान गरेका थिए । करिब दुइ सय जनाको उपस्थित रहेको साधारण सभामा महासचिवको प्रगति विवरण र कोषाध्याक्षको आर्थिक प्रतिवेदन कोषाध्याक्ष फुर्वा शेर्पा र सहकोषाध्याक्ष फुरनिमा शेर्पाले पेश गरेका थिए । उनीहरुले पेश गरेको हिसाबको बारेमा धेरै छलफल भएपनि विधान अनुरुप कोरम नपुगेकेा भनी अध्यक्ष उर्गेन शेर्पाले साधारण सभा मार्चको १८ तारिखलाई सरेको घोषणा गरेका थिए ।
-Everesttime