Advertisement


मिङमा पाङकर्मा शेर्पा, मलेसिया  बिगतको वर्षा झैं यस वर्षा पनि क्वालालम्पुर मलेसिया बौद्ध बिहार हुँदै अन्तर्राष्ट्रिय स्तरको विभिन्न बौद्ध मार्गी राष्ट्रियहरुले आ-आफ्नो राष्ट्रिय लोरीमा सजाउड्का साथ ईशापूर्व ५४३ मा कपिलवस्तु जिल्ला लुम्बिनी नेपालमा आमा मायादेबीको कोख बाट जन्मिन्नु भएका सिद्धार्थ गौतम बुद्धको २५६१ औं बुद्ध जयन्ती मनाउने भएका छन । नेपाल राष्ट्रियको तर्फबाट आदिवासी जनजाति महासघ मलेसिया र गैर आबवसिय नेपाल संघ मलेशिया आयोजनाको नेतृत्व गर्दै छन भने सह-आयोजकमा तामाङ समाज मलेसिया, शेर्पा किदुक मलेसिया, नेपाल मगर संघ मलेसिया, तमु समाज मलेसिया, तामाङ बौद्ध महासंघ मलेसिया, घले समाज मलेसिया, प्रबासी थारु सेवा समाज मलेसिया, सुनुवार सेवा समाज मलेशिया, किरात याक्थुङ चुम्लुङ, किरात राई आयोख्या, धिमाल जाती बिकास प्रबास मलेशिया, नेपाली ब्याबसायी समाज मलेशिया, नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेशिया, नेपाली जनप्रगतिसिल मंच मलेशिया, नेपालि श्रमिक मंच मलेशिया, अन्तर्राष्ट्रिय नेपाली समाज मलेशिया, ताप्लेजुङ प्रवास समिति मलेसिया, ओखलढुंगा एकता सेवा समाज मलेसिया, सुदुर पश्चिम सेवा समाज मलेसिया, प्रबासी सितोरियो कराते संघ मलेशिया, भोजपुर सेवा समाज मलेशिया, खोटाङ सेवा समाज मलेशियाको संयुक्त आयोजनामा Buddha Was Born in Nepal लेखिएको टिसर्ट लगाई २४ वटा सघ सस्थाका प्रतिनिधि तथा नेपालीहरुको मे १० तारीख २०१७ को दिन बिहान ०८:०० बजे बौद्ध बिहार ब्रेकफिल्डमा उपस्थित भई पुजापाठ गर्ने आदिवासी जनजाति महासघ मलेसियाका अध्यक्ष दिपक तामाङ र NRNA अध्यक्ष विश्व राईले जानकारी दिनु भएको छ । सोही दिन बेलुका ६:३० बजे बाट बौद्ध बिहार ब्रेकफिल्डबाट प्रत्येक देशले लोरिमा बुद्धको मुर्तिलाई सजिसजावट गरेर २१ किलो मिटर शान्तीर्याली पदयात्रा हुनेछ । बिगतको बर्ष भन्दा यस बर्ष अलिक पृथकढङ्ग बाट २५६१ औं बुद्ध जयन्ती भब्य र सब्यरुपमा मनाई भारतले गर्दै आएको भ्रम प्रचारप्रसारको चिरफार गर्दै अन्तर्राष्ट्रिय शान्तिर्यालीको तयारीमा रहेको जानकारी दिनु भएको छ । अन्तरास्ट्रिय स्तरका शान्तिर्यालीका मलेसिया, जापान, चीन, हङकङ, थाइल्यान्ड, नेपाल, म्यानमार, भारत, कोरिया, सिङ्गापुर, लाओस, श्रीलंका, भुटान, क्याम्बोडिया, बर्मा इत्यादी राष्ट्रियहरुले बुद्ध जयन्ती आफै राष्ट्रिय सग पहिचानमा लोरी सजाउड्का साथ बुद्ध जयन्ती मनाउने भएका छन । त्यस्तै गरी नेपालको लोरिमा बुद्धको मूर्तिलाई सजिसजावट गरि नेपालको झन्डा लुम्बिनीको सबै मूर्तिकलाहरुलाई त्यहा सजाई Lord Gautam Buddha Was Born in Lumbini Nepal लेखी शान्तिर्याली पदयात्रा गर्दैछन । बुद्ध जयन्ती बौद्ध मार्गीहरुले मात्र नभएर नेपालको राष्ट्रिय बिभुती एसिया तारा भएको हुनाले सिङ्गो नेपालीहरुले भब्य रुपामा मनाउनु पर्छ भन्ने सन्देश दिनका लागि यसपालिको बुद्ध जयन्ती मलेसियाका सकृय सघ सस्थाका एकतामा मनाउन तयार रहेको प्रतिनिधिको दाबी छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय