राज्यकाे हरेक संरचनालाई समाबेसी चरित्रको बनाउनकाे लागि संविधानकाे रचना भएको हाे ! यसैकाे लागि पटकपटक नेपाली जनताले वलिदानि दिएकाे हाे ! तर २१अाै सताब्दीमा संविधान बन्दा पनि अादिवासी जनजाति,मधेसी र शिल्पी समुदायलाई राज्यको मुलप्रवाहाबाट टाढै राख्ने, उनिहरुकाे भाषा,संस्कृतिक र ईतिहास लाई राज्यले संबाेधन नगर्ने गरि संविधान ल्याइयो यसैकारण अाज खास गरि सयौं बर्ष देखि अधिकारकाे खाेजि मा रहेको जनता अान्दोलनरत छन ! अान्दोलनकै क्रममा त्यतिका जनता सहिद भई सके अझै याे निर्दयी नश्लवादि राज्य सत्ता टाउकामा ताकि ताकि गाेली बर्साईरहेछ ! अब फेरि कथित स्थानीय चुनावकाे नाममा कति निर्दाेष जनता मार्ने हुन हेर्ने बाकि छ! चुनाव चुनाव भन्दै काेकाेहाेलाे मच्चाउनेहरुलाई मेरा प्रश्न छ! संविधानलाई सबैकाे संविधान बनाउ जस्कालागी संसाेधन मार्फत संविधानमा भएकाे कमिकम्जारीलाई सच्याउ भन्दा के भाे ? राज्यको मुलधारबाट बहिष्करणमा पारिएकालाई अधिकार दिउ भन्दा किना अात्तिएकाे ? के याे राज्य नश्लवादी केही सिमित ब्यक्तिकाे बिर्ता हाे ? अाज जनजाति र मधेसीले उठाएको माग र मुद्दा हिजाे सत्ताकाे सिडि उक्लदा तिमी नश्लवादिहरुले उठाकाे बिषय हाेईना ? हिजाे जायज अाज नाजायज कसरी भाे ? यसकाे उत्तर चाहियो ! केही जाे नश्लबादिहरुकाे घाेडा र गदाहा बनेकाहरु हाे, एकपटक साेच ! जनजाति, मधेसी र शिल्पी लगाएत समुदायलाई राज्यकाे संरचनामा समावेश गराई समृद्ध राष्ट्र वनाउछु भन्नेहरु, अाज अाफ्नै समुदाय खसअार्यकाे मात्रै परिभाषा राखि एकाधिकार वाद लादेकाे संविधानकाे बारेमा साेच सयौं बर्ष देखिकाे उत्पीडित तिम्रो परिभाषा खै? ,!! अन्तरिम संविधानले दिएकाे भाषिक,सांस्कृतिक, समानुपातिक र समाबेसी जस्ता अधिकार कटौती गरेको बारेमा एकपटक साेच!!! हामी दिनप्रतिदिन भाषिक र सांस्कृतिक रुपमा स्खलित हुदै गईरहेकाे बारेमा एकपटक साेच!!!! यी यस्ता माग राखी अाफ्नाे जीवन बलिदानी दिने मधेसी, थारु र लिम्बूलाई सम्झ र यस्ता बलिदानी दिई समृद्ध नेपाल सपना देख्दै मृत्युुवर्ण गर्ने सहिदलाई २/४ दाना अापसंग तुलना गर्नेकाेे अनुहारलाई हेर ! सांच्चिकै नेपाली अामाले तिमीहरूलाई जन्म दिएकाे रहेछ भने चुनाव बहिष्कारको कारण बुझ्ने छाै !!! अाज देशकाे २ मुख्य अादिबासी जनजाति समुदाय र मधेसी समुदायले अाधिकारिक रुपमा चुनाब बहिष्कार यहि कारणबाट गरिरहेको छ ! खाषमा के खसअार्य समुदायले मात्र चुनाब चाहेकाे हाे त ?? ३ मुख्य समुदाय मध्ये २ मुख्य समुदायले बहिष्कार गर्दा यसकाे नैतिक बैधानिकता कत्ति हुन्छ ? यस्ता बिषयलाई ध्यानमा राख्ने सदवुद्दी पलाअाेस ! हाईना भने याे संबिधानका हालत पनि २०४७ कै जस्तो हुन्छ
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित