क्वालालम्पुर २६ मार्च, मिङमा शेर्पा क्वालालम्पुर, मलेसिया स्थिति किरात याक्थुङ चुम्लुङ मलेसिया द्धारा आयोजना गरीको नेपाली आदिवासी चलचित्र निर्माण, बजार, ब्यावस्थापन, सम्भावना र चुनौती अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

चुम्लुङका उपाध्यक्ष हरेन्द्र तुम्बापोको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासघ, नेपालका सस्थापक सचीव मौसम लिम्बूको उपस्थिति रहेको थियो ।

 

सम्पन्न अन्तरक्रिया कार्यक्रममा आदिवासी जनजाती महासघ मलेसियाका अध्यक्ष दिपक तामाङ लगायत महासघका पदाधिकारीको बाक्लो उपस्थिती रहेको थियो भने क्वालालम्पुर स्थिती विभिन्न जातीय सघ सस्था, जिल्ला प्रवास समितीका अध्यक्ष तथा प्रतिनिधिहरु सगै होटेल व्यावसायिक, पत्रकार, फिलिमी कर्मीहरुको समेत उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा नेपाली आदिवासी जनजाति फिलिमी कर्मी मौसम लिम्बू ईम्बुङ लाई शेर्पा किदुग मलेसियाका अध्यक्ष ङावाङ नुरि शेर्पा द्धारा हङकङमा रहेर पनि ग्याल्पो लोसार कार्यक्रम लाई मिडिया क्षेत्रमा योगदान दिनु भएकोमा कदर गर्दै प्रङ्सा-पत्र र खादा ग्याल्पो लोसारको शुभकामना सहित सम्मानित गरिएको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय