-शेरसाङ्गे शेर्पा हिमाली सन्देश
शेर्पा किदुग साईप्रसले बिगतको वर्ष जस्तै यसवर्ष पनि बृहत रूपमा ग्याल्पो लोसार मनाउने अन्तिम तयारी भएको छ। शेर्पा जातिको राष्ट्रिय महान चाड 2145 औं स फो खि- ल्हो ग्याल्पो लोसार यसवर्ष राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिको साथमा लोसार कार्यक्रम व्यापक रुपमा आयोजना हुन लागिरहेको आयोजकले जनाइएको छ। शेर्पा भाषा,कला,संस्कृति र परम्पराको संरक्षण तथा युवा पुस्तामा सिकाइको अनुभुती दिने र संरक्षणमा एकरुपता ल्याउनका लागि बिदेशी भुमिमा बसेर भएता पनि लोसार मनाउन लागिपरेको शेर्पा किदुग साईप्रसका अध्यक्ष नुमु शेर्पाले बताउनुभयो।

शेर्पाहरुले आदिम कालदेखि नै लोसार पर्व मनाउदै आएता पनि पछिल्लो समयमा यो परम्परा हराउँदै गएको कुरा शेर्पाले हिमाली सन्देश संग कुरा गर्दै भाषा,परम्परा र संस्कारको संरक्षणका निमित्त सबै जना एकजुट हुनेपर्नेमा जोड दिनुभयो। त्यस्तै शेर्पा समुदायको नयाँ वर्ष र चिनारीको पर्व लोसार साईप्रसमा महिलाहरुकै प्रतिनिधित्वमा मनाउन लागिरहेको किदुगले जनाइएको छ। साईप्रस शेर्पा किदुग महिलाहरुकै नेतृत्वमा गठन गरिएको थियो।
शेर्पा जातिहरुको राष्ट्रिय महान चाड ग्याल्पो लोसार यही आउदो फेब्रुअरी-१८ तरिकाका दिन Trikkis palace,Limassol Nikosia highway मा भव्य रूपमा मनाउदै छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय