नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) दोलखाले खोज तथा डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ ।

भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा बिहीबारबाट सुरु भएको तालिम पाँच दिनसम्म सञ्चालन हुने फोनिज दोलखाले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक रहेको उल्लेख गर्दै पत्रकारहरूको क्षमता अभिवृद्धिमा नगरपालिकाको सधैँ साथ र सहयोग रहने बताइन् ।

फोनिज दोलखाको अध्यक्ष अर्जुन पाख्रिनको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य चिरञ्जीवी मास्के, भीमेश्वर नगरपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष नवीन लामा, नेपाल पत्रकार महासङ्घ दोलखाको सचिव दिलबहादुर केसी, प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्ले, नेपाली काँग्रेस दोलखा क्षेत्र नम्बर १ को क्षेत्रीय उपसभापति सुवास लामा, फोनिज दोलखाको सचिव अनिता लामा, सहसचिव सुजन थामी लगायतले मन्तव्य व्यक्त गरिएको थियो ।

तालिममा विभिन्न मिडियामा कार्यरत २५ जना पत्रकारहरूको सहभागिता रहेको र चिरञ्जीवी मास्के, जीवन लामा, केदार शिवाकोटी, दिलबहादुर केसी, अर्जुन पाख्रिन, नारायण सेढाई, भोला खतिवडा लगायतले सहजीकरण गर्ने फोनिज दोलखाले जनाएको छ ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय