
बौद्ध परम्परा अनुसार नयाँ वर्षको रूपमा मनाइने ल्होसार पर्वको तयारीका निमित्त आज मलेसियामा बैठक सप्पन्न भएको जनाइएको छ।नोभेम्बर 19 तारिखका दिन मलेसियाको राजधानी क्वालालम्पुरमा बसेको बैठकले यस्तो निर्णय गरेको शेर्पा किदुग मलेसियाका महासचिव शेरसाङ्डोमा शेर्पाले बताउनुभयो। विगतको वर्ष जस्तै गरि यस बर्ष पनि भब्य रुपमा ग्याल्पो लोसार कार्यक्रम आयोजना गर्ने र शेर्पा जातिको मौलिक पहिचान झल्काउने शेर्बु र शेर्पा पहिरनमा सबै जना सजिएर ल्होसार कार्यक्रम मनाउने योजना रहेको आयोजक परिवारले जनाइएको छ।
भव्य रूपमा चाइनिज न्यु एयरको अवसरमा सप्पन्न हुने ल्होसार विशेष कार्यक्रमको लागि नेपाल बाट आधुनिक तथा सेलो गायिका ओङमु लामा शेर्पा,मोडेल तथा कार्यक्रम संचालिक जाङ्मु इन शेर्पा, डिजे छेवाङ शेर्पाको विशेष प्रस्तुति र सांगीतिक कार्यक्रम व्यापक रूपमा हुनुको साथै मलेसियामा वैदेशिक रोजगारीको सिलसिलामा रहनु भएका स्थानीय कलाकारको समेत बेजोड प्रस्तुति रहेने शेर्पा किदुग मलेसियाका पुर्व अध्यक्ष ङ्वाङ नुरी शेर्पाले बताइएको छ।
लोसार कार्यक्रममा मलेसियाको विभिन्न सहर बाट शेर्पा भेला हुने र आजकै बैठक बाट लोसार कार्यक्रम सम्पन्न गर्न सबै जिम्मेवारी भाडाफाड समेत भएको बैठकमा उपस्थित सल्लाहकार संयोजक पि टि शेर्पाले बताउनुभएको छ।ल्होसार कार्यक्रममा सबैको गरिमामय उपस्तिथिको लागि शेर्पा किदुग मलेसियाका अध्यक्ष तेन्जी शेर्पाले सबैलाई आव्हान गर्नुभएको आयोजकले जनाइएको छ।