जापान । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ जापानको ओसाकामा प्रदर्शन हुने भएको छ ।
नायक अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्र जापानको ओसाका स्थित मिनाटो कुमिङ सेन्टरमा १५ जुनमा प्रदर्शनको दिन अनमोल पनी ओसाका आउने भएका हुन।
तामाङ समाज जापान क्षेत्रीय समिति कान्साईको आयोजनामा चलचित्र प्रदर्शन हुन लागेको हो । चलचित्र प्रदर्शनलाई बिशेष बनाउनको लागि मेघास्टार अनमोल केसी र निर्देशक सुयोग गुरुङ जापान आउने तामाङ समाज जापान क्षेत्रीय समिति कान्साईका अध्यक्ष राज लामा थिङले जानकारी दिए । नायक अनमोल र निर्देसक गुरुङलाई रेड कार्पेटमा स्वागत गर्ने तयारी भएको आयोजकले जानकारी दिए । चलचित्र भव्यताको साथ प्रदर्शनको तयारीमा रहेको आयोजक संस्थाका अध्यक्ष लामा थिङले जानाएका छन् ।
१५ जुनमा चलचित्र प्रदर्शनका लागि सम्पूर्ण तयारी पुरा भईसकेको उनको भनाइ छ ।१५ जुनको दिन वेलुकी ५ः३० बजे गेट खुल्ने छ भने ६ः०० बजेबाट चलचित्र प्रदर्शन हुने आयोजकले जानकारी दिए । चलचित्र प्रदर्शनको बिषयमा थप जानकारी लिन चाहेमा आयोजक संस्थाका राज लामा थिङ र निर्वतमान अध्यक्ष अमर लामासँग बुझ्न सक्ने छन् ।
सुयोग गुरुङको निर्देशनमा बनेको फिल्ममा अनमोलसँगै जसिता गुरुङ, समृद्धि अर्याल, रवि काफ्ले, कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, रूस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे, प्रेम पाण्डे लगायत कलाकारको अभिनय रहेका छन् । यो फिल्मलाई रोहित अधिकारी र ओम अग्रवालले मिलेर निर्माण गरेका छन् । सुयोगकै कथा तथा पटकथा रहेको फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता रहेका छन् । फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका थिए ।