
जापानको राजधानी टोकियोमा कास्की पोखरा समाजको छैठौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। यस अधिवेशनसँगै समाजको पहिलो स्मारिका पनि विमोचन गरिएको छ। नेपाली राजदूत डा. दुर्गा बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष रबिन शेरचन विशेष अतिथिको रूपमा उपस्थित थिए।
अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। कमल बास्तोलालाई अध्यक्षमा चयन गरिएको छ भने जीवन पोखरेललाई महासचिवको जिम्मेवारी दिइएको छ। यसैगरी, अन्य २५ जना सदस्यहरूलाई विभिन्न पदमा चयन गरिएको छ। करिब २०० जनाको उपस्थिति रहेको यस कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले कास्की पोखरा समाजको योगदानको प्रशंसा गरेका छन्।
आफ्नो कार्यकालमा समाजले हासिल गरेका उपलब्धिहरूको चर्चा गर्दै निर्वतमान अध्यक्ष संदेश अधिकारीले नयाँ नेतृत्वलाई शुभकामना दिएका छन्। त्यस्तै, वर्तमान उपाध्यक्ष सरोज कार्कीले समाजले जापानमा रहेका नेपाली समुदायलाई जोड्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।
नवनिर्वाचित अध्यक्ष कमल बास्तोलाले समाजको आगामी योजनाबारे जानकारी दिँदै जापानमा रहेका कास्केलीहरू लगायत सम्पूर्ण नेपालीहरूको हितमा काम गर्ने र नेपाल तथा कास्की पोखराको पर्यटन विकासमा खटिने प्रतिबद्धता व्यक्त गरेका छन्।
समारोहमा सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम, तथा समाजका गतिविधिहरूको झलक प्रस्तुत गरिएको थियो। कास्की पोखरा समाज जापानलाई निरन्तर सहयोग गर्ने NRNA ICC का उपाध्यक्ष रोबिन शेरचन, थकाली सेवा समिती अध्यक्ष बुद्दी गौचन लगायतलाई सम्मान गरिएको थियो।
नयाँ कार्यसमिति:
अध्यक्ष: कमल बास्तोला
उपाध्यक्ष: मनोज तिवारी, विष्णु प्रसाद भण्डारी (बिसु), दीपक सुनार, सरोज कार्की
महासचिव: जीवन पोखरेल कन्चन
सचिव: तोयानाथ ढकाल, गोबिन्द पौडेल (अनिस)
कोषाध्यक्ष: कुल प्रसाद बास्तोला
सह कोषाध्यक्ष: सूर्य कडेल, दिलीप पन्डित
युवा सम्योजक: सुमन कुवँर
महिला सम्योजक: सुनिता बन्जरा
सदस्य: लक्ष्मी कार्की, कविता तिवारी, बिजय गुरुङ, खगराज ढुङ्गाना, नगेन्द्र सुबेदी, राम गुरुङ, बिन्दु राज सापकोटा, युबराज सुबेदी, सुन्दर बराल, रुद्र प्रसाद शर्मा, सूर्य लामीछाने, नबिन सुबेदी, उदय सुबेदी