जापानमा बस्ने कास्की र पोखरावासी नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले कास्की पोखरा समाज जापानको कान्साई क्षेत्रीय समिति गठन भएको छ।

जुलाई ५, शनिबार सम्पन्न पहिलो अधिवेशनमा आगामी दुई वर्षको कार्यकालका लागि नयाँ कार्यसमिति अध्यक्षमा अग्निराज त्रिपाठी चयन हुनुभएको छ। समितिको उप-संयोजकमा दुर्गा मरासिनी र कोषाध्यक्षमा प्रकाश भण्डारी रहनुभएको कास्की समाज जापानका केन्द्रीय सदस्य सुन्दर रोमन बरालले जानकारी दिनुभयो।

अधिवेशनले सचिवको जिम्मेवारी अभिनय आचार्यलाई सुम्पेको छ भने सह-सचिवमा सकुनिता परियार चयन हुनुभएको छ। त्यस्तै, सह-कोषाध्यक्षमा राजेश कोइराला र महिला संयोजकमा अनिता त्रिपाठी नियुक्त हुनुभएको छ।

नयाँ कार्यसमितिलाई सल्लाहकारको रूपमा तेज गुरुङ, तिलक के.सी. र लोक बहादुर विश्वकर्माले सहयोग गर्नुहुनेछ। खेलकुद संयोजकमा ईश्वर थापा र नविन जंग के.सी. रहनुभएको छ।

सदस्यहरूमा सन्तोष बाबु लामिछाने, बीरबहादुर तामाङ, सुनिता परियार, बसन्त बराल, सुमन सुबेदी, सजना त्रिपाठी, कविराज बराल, सुनिल कोइराला, निरूपा ठकुरी, स्मृति बराल, बसन्त पौडेल, सबिन गुरुङ, अनिल अर्याल, प्रबिना दाहाल, मदन श्रेष्ठ, विनोद आचार्य, सुशील भुजेल, बिक्की गुरुङ, र विनिता आचार्य हुनुहुन्छ।

कास्की पोखरा समाज जापानको केन्द्रीय समितिका निवर्तमान अध्यक्ष सन्देश अधिकारी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विशेष अतिथिको रूपमा संस्थाका प्रमुख संरक्षक अञ्जु भण्डारी रहनुभएको थियो।

कास्की पोखरा क्षेत्रीय भेलाको संयोजन विष्णु भण्डारीले गर्नुभएको थियो भने सञ्चालन महासचिव जिबन पोखरेल कञ्चनले गर्नुभएको थियो। स्वागत मन्तव्य कोषाध्यक्ष कुल प्रसाद बास्तोलाले गर्नुभएको थियो। समाजका केन्द्रीय अध्यक्ष कमल बाँस्तोलाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा कान्साई क्षेत्रमा बसोबास गर्ने कस्केलीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नयाँ नेतृत्वले कान्साईमा रहेका कास्की र पोखराका नेपालीहरूबीचको सम्बन्धलाई थप सुदृढ गर्दै आपसी भाइचारा र मेलमिलापलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय