अमेरिकी अनुदान मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग नेपालमा अघि बढाइएको कम्प्याक्ट कार्यान्वयन गर्न जम्मा तीन वर्ष बाँकी रहँदा बिहीवार ३.५ वर्षको समय दिएर १८० किलोमिटर लामो प्रसारणलाइन निर्माणसम्बन्धी सम्झौता भएको छ।

मिलेनिअम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालका प्रमुख कार्यकारी अधिकृतले ४२ महिनाको निर्माण अवधि दिएर ठेक्का लगाइएको भए पनि त्यसअघि नै निर्माणकार्य सम्पन्न हुने ठानिएको बताएका छन्।

अमेरिकी सरकारको ५० करोड डलर र नेपाल सरकारको १९.७ करोड डलर लगानीमा ३१५ किलोमिटर लामो प्रसारणलाइनको निर्माण र ४० किलोमिटरभन्दा बढी सडकखण्डको पुनर्निर्माण गर्ने लक्ष्य एमसीए नेपालले लिएको छ।पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको उक्त परियोजना “कार्यान्वयनको चरणमा प्रवेश गरेको” दुई वर्ष बित्दा अधिकारीहरूले निकट भविष्यमा नै बाँकी ११७ किलोमिटर प्रसारणलाइन निर्माण र सडक पुनर्निर्माणसम्बन्धी ठेक्काहरू लगाउने बताएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय