गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि अध्यक्षका दावेदार मध्येका एक सुभाष लामिछाने यतिबेला चर्चामा छन्।

चुनावको संघारमा आफ्नो करिब ६ वर्ष पुरानो एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले सार्वजनिक रुपमै स्पष्टीकरण दिएका छन्।

उनले आफ्नो फेसबुक पोस्टमा उक्त भिडियोबारे प्रकाश पार्दै यसलाई चुनावी अस्त्रका रुपमा प्रयोग गरिएकोमा आश्चर्य व्यक्त गरेका छन्। उनले त झन् रमाइलो पारामा ‘हाई क्वालिटीको भिडियो चाहिएको भए म नै दिन्थें!’ भन्दै भिडियो आफैँले शेयर गरेका छन्।
के हो घटना र सुभाषको स्पष्टीकरण?
लामिछानेले भाइरल भएको भिडियो करिब ६ वर्ष पुरानो रहेको र त्यो सँगै खाइखेलेका साथीहरूबीचको सामान्य मनमुटाव (मिसअन्डरस्ट्यान्डिङ) पछि आपसी मेलमिलापका क्रममा भएको बताएका छन्।

उनले भिडियोमा देखिएको अनुहार आफ्नै भएको र पीडकका रुपमा देखिएका व्यक्ति आफ्नो मित्र रहेको तथा आज पनि आफूहरू एकअर्काका शुभचिन्तक रहेको स्पष्ट पारेका छन्। उनले यो एकदमै व्यक्तिगत मामिला रहेको र यसको कुनै सामाजिक असर नभएको दाबी गरेका छन्।
चुनावी अस्त्र र सुभाषको आत्मविश्वास
लामिछानेले यो भिडियो चुनावी अस्त्रका रुपमा भाइरल गराइएकोमा अचम्म मानेका छन्। ‘मागेको भए यो भन्दा हाई क्वालिटीको भिडियो म नै दिनेथिएँ,’ भन्दै उनले आफूले गलत नगरेको र कदापि नगर्नेमा ढुक्क रहेको बताएका छन्।

उनले आफूमा विश्वास भएको व्यक्ति आत्मविश्वासी हुने र कायर नहुने भन्दै आफू एक लिडर भएको र कायर नभएकोमा जोड दिएका छन्। उनले विगत कोट्याएर सहानुभूति बटुल्ने आफ्नो उद्देश्य नरहेको भन्दै आफ्नो वर्तमान र भविष्यमा समुदायका लागि गर्न सक्ने कामप्रति पूर्ण विश्वास रहेको बताएका छन्।
समाजमा सकारात्मकताको आह्वान

लामिछानेले जापानबासी नेपाली समुदायका अग्रजहरू, अभियन्ता साथीहरू, पत्रकारहरू, समाजसेवीहरू, आफन्त तथा शुभचिन्तकहरूलाई आफूले समाजलाई हानि हुनेगरी केही नगरेको र कदापि नगर्नेमा ढुक्क रहन आग्रह गरेका छन्।

उनले सबैलाई सकारात्मकताको बाटोमा हिँड्न अनुरोध गर्दै, एनआरएनए जापानको अध्यक्षका रुपमा जो आएपनि समाजकै लागि काम गर्ने भएकाले मिलेर बसिरहेको नेपाली समाजलाई भाँड्नेतिर नलाग्न आग्रह गरेका छन्। उनले सबैले सामाजिक उत्तरदायित्वको पालना गर्नुपर्नेमा जोड दिएका छन्।
जापानबासी नेपालीको हातमा निर्णय

अन्तमा, सुभाष लामिछानेले जापानबासी नेपालीहरू बुझ्ने भएकाले कसलाई जिताउने र कसलाई हराउने भन्ने कुरा उनीहरूकै हातमा रहेको बताएका छन्। उनले उनीहरूकै साथले आफ्नो आगामी यात्रा ‘सम्भव छ’ भन्ने विश्वास व्यक्त गरेका छन्।

यो भिडियो प्रकरणले एनआरएनए जापानको चुनावी माहोललाई थप रोचक बनाएको छ र आगामी दिनमा यसले कस्तो मोड लिन्छ त्यो हेर्न बाँकी छ।

video link

https://www.facebook.com/share/r/18Wri57JT9/?mibextid=wwXIfr

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय