
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम ठगी गरेको कसुरमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएलगत्तै प्रहरीले बूढानीलकण्ठबाट उनलाई पक्राउ गरेको हो।
अदालतले लामिछानेको बयान पत्यारलायक नदेखिएको र सहकारीको रकम गोरखा मिडियामा संगठित रूपमा आएको ठहर गरेको छ। यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो, जस विरुद्ध सरकारी वकिल र लामिछाने दुवै उच्च अदालत गएका थिए।
उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने निर्णय सुनाएको छ।