–किरण गिरी
नेपालको राजनीतिक इतिहासमा आज ४१औं प्रधानमन्त्रीसम्म आइपुग्दा प्रधानमन्त्री केपी शर्मा ओली सबै भन्दा स्थिर र शाक्तिशाली सरकार प्रमुखका रुपमा देखा परेका छन । सघींय संसद प्रतिनिधि सभाको कुल सदस्य संख्यको २७५को झण्डै २ तिहाई संसदहरुको सार्मथन रहेको वर्तमान सरकार नेपालको संसदीय इतिहासमा स्थिर र शाक्तिशाली देखिनु स्वाभाविक नै हो । नेपाली कांगे्रस बाहेक संसदमा प्रतिनिधित्व गर्ने चार वोटै राजनितिक दल अहिले सम्म माओवादी केन्द्र (जो एकताको प्रकृयामा छ), संघीय समाजवादी फोरम र राजपा समेतको सहयोग र सर्मथन प्राप्त वर्तमान सरकार संसदमा प्रभावशाली रुपमा स्थापित हुन पुगेको छ ।
प्रदेश नंं.२ बाहेक सबै ६ वटा प्रदेशहरुमा सरकार समेत वामपन्थीहरुको स्पष्ट बहुमतमा निर्माण हुन पुगेको छ । यो गत संसदीय निर्वाचनमा वामपन्थी गठबन्धनले प्राप्त गरेको जनादेश पनि हो यस अघिका सरकारहरु मुस्कीलले एक वर्ष अन्यथा सो अगाडि नै डल्ने गरेको इतिहास हामी सगँ ताजै थियो । ६–६ महिनामा सरकार बदलिने राजनीतिक अस्थिरताको कारण दिर्घकालीन जनहितका कार्यहरु हुनु नसक्नुको कारण देश अराजकता तर्फ जानसक्ने खतरा बढ्दै गईरहेको पृष्ठभुमिमा नेपालमा सविधान सभाबाट सविधान जारी भई तीनै तहको निर्वचान सम्पन्न भएपछि मुलुक राजनीतिक स्थिरता तर्फ अगाडि बढ्ने क्रम सुरुभएको छ । साथै संघिय लोकतान्त्रिक गणतन्त्र समेत संस्थागत भएको छ । यो राजनीतिक स्थिरता, दिगो शान्ति र आर्थिक समृद्धि चाहने सम्पूर्ण नेपाली जनताहरुको लागि खुसीको कुरा पनि हो । अब नेपाल कम्युनिष्ट पार्टी बिप्लपसँग समेत आवश्यक बार्ता र कुराकानि गरेर सहकार्यम ल्यउन सकेमा नेपालमा दिर्गकालिन रुपमा दिगो शान्ति र राजनितिक स्थिरतामा थप बृद्धि हुनेछ । यस तर्फ पनि वामपन्थिहरुको बरर्चश्वो रहेको केपी ओलीको सरकारले नेतृत्वदायी भुमिका खेल्न जरुरी देखिन्छ ।
यसरी प्रधानमन्त्री ओली इतिहासमा एउटा ठुलो अवसर र चुनौतिको घेराहरु बीच सरकार प्रमुख भनेको अवस्था छ । अवसरहरुः अब प्रधानमन्त्रीलाई सरकार टिकाउनुको लागि संसदमा फोहोरी खेलहरु खेल्नु आवश्यक पर्दैन ।बहुमतको कारण सरकारले यो कामहरु गर्र्न पाएन भन्ने गुनासोहरु रहने ठाउ रहने छैन । मुलुकको कयपलट गर्नको लागि सुशासन र आर्थिक समृद्धि तर्फ नेपाललाई अगाडि बढाउन प्रधानमन्त्री ओलीलाई अब कसैले अवरोध गर्न सक्ने छैन । राजनीतिक सहमति अनुसार पनि ३ वर्ष अझ सतहमा भन्ने हो भने अगामि ५ वर्ष सत्ताको बागडोर प्रधानमन्त्री ओलीको हातमा रहने छ । नेपाल र नेपाली जनताले दशकौ देखी कुरेर बसेको आफ्नो जीवन स्थरमा उन्नति र मुलुकको समृद्धिको मुल एजेण्डा पुरा गर्ने दायित्व अब प्रधानमन्त्री ओलीको काधमा आएको छ । यी र यस्तै अनगिन्ती अवसरहरुको माझ रहेका प्रधानमन्त्रीले अब कुनै पनि बहाना बाजीमा मुलुक र जनताको पक्षमा काम गर्न रोकिनु पर्ने अवस्था देखिदैन ।

सात दशक पहिले देखी नेपाली जनताले कल्पना गरेको आफ्नो सविंधान आफै बनाउने चाहना सविंधान सभाद्धारा पुरा भएको छ । सघींय लोकतान्त्रिक गण्तन्त्र नेपालको मुहार परिर्वतन गर्ने दायित्व र जिम्मेवारी बोकेको बर्तमान सरकारले अब निश्चत रोड म्यप तयर गरेर जनताको घर र दैलोमा परिर्वतनको उपलब्धी पु¥याउन जरुरी छ । सबै भन्द पहिला बर्तमान सरकारले संसदमा विश्वासको मत सँगै आम नेपाली जनताको मत जित्ने प्रयास गर्नु पर्दछ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायत अन्य राजनितिक दलहरुलाई पनि राजनितिक स्थिरता ,दिगो शान्ती र आर्थिक समृद्धिको एजेन्डाम सँगै लिएर हिडन् सक्नु पर्दछ ।
अबको दशक बिकास र समृद्धिको दशकको रुपमा अगाडी बढाउन सकेमा नेपालमा गणतन्त्र संस्थागत हुनेछ र परिर्वतनलाई आम नेपाली जनताले आत्मासाथ गरेर अगाडी बढन सक्नेछ । यो गर्न सक्ने सहास र क्षमता प्रधन मन्त्री ओलि सरकारले देखाउन सक्नु पर्दछ ।

आजको अन्तराष्ट्रिय विश्वामा प्रजातन्त्रिक मुल्य र मान्यता अनुसार सरकार सञ्चालन गर्नु र संबैधानिक नियन्त्रण र सन्तुलको आधरमा मुलुकलाई अगाडी बढाउनु केपी ओली सरकारका लागी मुख्य चुनौतिको बिष्य हुनेछ । कम्युनिष्ट छवीले मात्र देशको आर्थिक समृद्धि संभव नहुने हुाँदा बर्तमान सरकारले आफुलाई प्रजात्रन्त्र मानव अधिकार र पुर्ण प्रेस स्वतन्त्रलाई आत्मासाथ गर्दै संबैधानीक मुल्य र मान्यताहरु प्रति प्रतिबद्धत हुनु जरुरी देखिन्छ ।
अन्तराष्ट्रिय रुपमा छिमेकि मित्र राष्ट्र भारत र चिन प्रति समधुर र समता मुलक संबन्ध स्थिापित गर्नु बर्तमान नेपालको पहिलो दायित्व हो । भर्खरै पाकिस्थानी प्रधान मन्त्रिको नेपाल भ्रमणले दिन खोजेको सन्देशले नेपालको दिर्घकालीन हित हुन्छ कि हुँदैन ? त्यस तर्फ सोच्नु जरुरी छ ।
नेपालको राजनितिमा नेपली कांग्रसको आफनै इतिहास महत्वा र भयिमका छ । चाहे २००७ सालको राजनितिक परिर्वन होस वा ०४६ सालको परिर्वतन सबैमा नेपाली कांगे्रसको भुमिका नेतृत्वादायी रहयो । आजको गणतन्त्र सम्म अउनको लागि १२ बुंदे समजदारीको ठुलो भुमिका रहेको छ । जुन कांग्रेसको कारणले मात्र संभव भएको थियो । माओबादीलाई शान्ती प्रत्रिृmयमा ल्याउनु , संबिधान सभाको निर्वाचन सम्पन्न् गर्नुमा नेपाली कांग्रेसको ठुलो योगदान र भुमिका रहेको छ । गत आम निर्वाचन सम्पन्न गर्न कांग्रेसले खेलेको अतुलनिय भुमिकालाई नेपाल र नेपाली जनताले कहिलै बिर्सने छैनन् । एक शब्दमा भन्ने हो भने नेपालको सबैखाले परिर्वतन र अन्दोलनको नेतृत्वा नेपाली कांग्रेसले गरेको छ । यसलाई बिर्सने र नजर अन्दाज गर्ने काम केपि ओलीको सरकारले कहिले नगरोस् । सबै खाले आग्रह र पुर्वाग्रह त्यगेर चुनावी प्रतिस्प्रर्धालाई खेलको नियमको रुपमा स्विकार गर्दै अब सबैदलहरु बिचमा राष्ट्र निर्माणमा न्युनतम समझदारी बनाएर अघि बढनु जरुरी देखिन्छ । अपार जनमत र सर्मथन प्राप्त गरेको बर्तमन सरकारलाई आगमी ५ बर्ष सहयोग र सर्मथन गर्नु सबैको दायित्व हुन आँउछ । संसदिय मुल्य र मान्यता पनि यहि हो ।
पत्रकार एवं प्रवक्ता राप्रपा प्रजातान्त्रिक
freelancerkiran@gmail.com

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय