दावा शेर्पा, टोकियो ।
अहिले हामी नेपाली जनप्रगतिशिल मञ्च जापानको ९औ राष्ट्रिय अधिवेशनको पूर्व सन्ध्यामा छौ। प्रवासी श्रमजीवी नेपालीहरुको साझा मञ्चको रुपमा क्रियशिल यस मञ्च मुलत प्रवासमा रहेको नेपालीहरुको न्याय,समानता,स्वतन्त्रता र हकहितको रक्षा गर्न नेपालीहरुको बिचमा सम्पर्क समन्वय गर्न जापानको नेपाली समुदायमा देखिएको समास्यहरुको समाधान र सहजीकरण गर्दै देश भक्त नेपालीहरुमा एकताको भावना जागृत गराइराख्नु हाम्रो मुख्य उद्देश्य रहेको छ।
१० बर्षको महान् जनयुद्ध विभिन्न समयमा चलेको सशस्त्र आन्दोलन,आदिवासी जनजाति एवं मधेसी,थारु लगायत सबै प्रकारका उत्पीडित वर्ग र जनसमुदयाद्वारा संन्चालित आन्दोलनहरुको परिमाण स्वरूप प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र,धर्म निरपेक्षता,समानुपातिक समावेशीकरण जस्ता संवैधानिक उपलब्धिहरुको रक्षा गर्दै उत्पीडित वर्ग र समुदायको बाँकी अधिकार प्राप्तिको लडाई निरन्तर जारी रहेको छ विद्यामान समाजमा कायम रहेको वर्गहरूको अस्तित्व वर्गहरूबिचको अन्तर्विरोध र वर्ग सङ्घर्ष नै समाज विकास र परिवर्तनको मूल कडी हो।
हामी समाजवादी क्रान्ति मार्फत वैज्ञानिक समाजवाद र अन्ततः नेपाली मौलिकता सहितको २१ औ शताब्दीको समाजवाद हुँदै विश्व साम्यवादको दिशामा अघि बढ्न सङ्घर्षरत छौ सम्पूर्ण सर्वहारा श्रमजीवी वर्गको अधिनायकत्व स्थापित गर्दै समाज रूपान्तरणको बाटोमा दृढ अठोटको साथ अगाडी बढ्नु नै अहिलेको हाम्रो मुख्य कार्यभार हो। आजको भूमण्डलीकृत पुजिवाद,विज्ञान र प्रविधिमा आएको क्रान्तिकारी परिवर्तन विस्वव्यवस्थामा देखा परेको नयाँ राजनैतिक धृविकरण,साम्राज्यवादले सिर्जना गरेको नयाँ भू-राजनैतिक जटिलता,पुजिवादि व्यवस्था भित्र बढ्दै गएको सङ्कट,बदलिँदै गरेको पारिवारिक र सामाजिक संरचना आदिलाई अहिलेको समय सापेक्षतामा बुझ्न र सोही अनुरूपको नयाँ दृष्टिकोण विकाश गर्न आवश्यक छ।
प्रिय कमरेडहरु विश्व विख्यात दार्शनिक महान् विचारक एवं मार्क्सवादको प्रणेता मार्क्सले भन्नु भए जस्तै”विद्वानहरुले दुनियाँलाई बुझ्ने र व्याख्या गर्ने काम गरिसके मुख्य कुरा त संसारलाई बदल्नु हो”भन्ने कालजयी भनाई लाई जीवन व्यवहारमा लागु गर्दै आजको दुनियाँमा मार्क्सवाद सान्दर्भिकता अझै बढेर गएको महसुस मानवजातिले गरिरहेको छ।
अतः प्रवासिएका नेपालीहरुलाई नेपाल र नेपालीप्रति उत्तरदायी बनाउँदै कर्मभूमिमा हामीले प्राप्त गरेको ज्ञान,सिप र पुँजीलाई समृद्ध नेपालको अभियानमा जोड्ने सेतुको काम समेत यस संस्थाले गर्दै आइरहेको छ। नेपाली जन प्रगतिशील मञ्च जापानको स्थापनाकाल देखी नै यस अभियानमा जोडिएर यस संस्थाको श्रीवृद्धि गर्न विभिन्न भूमिका निर्वाह गर्नु हुने समस्त आदरणीय नेताहरु प्रति सम्मान सहित श्रद्धभाव व्यक्त गर्न चाहन्छु।
हामीले जीवनमा प्राप्त गर्ने पद प्रतिष्ठा सबै अस्थायी र गौण विषय हो मुख्य विषय त विचार,राजनीति र सिद्धान्त हो। त्यसैले राजनीतिको लामो राजमार्गमा नैतिकता, इमानदारिता,अनुशासन र घैर्यता नै तपाई हामीलाई सुदूर भविष्य सम्म लैजान सक्ने एउटा अस्त्र हो भन्ने मेरो बुझाइ छ।