सपनाहरुको विशाल पहाड बोकेर सात समुन्द्र पार गरेको पनि करिब चार बर्ष पुग्न लागेछ । सपनाको देश जापान आउनु कसै कसैकोरहर हुन सक्ला तर सबैको रहर नभई बाध्यता पनि हो ।

देशको अस्थिर राजनिती देश भित्रको उथलपुथल राजनितीले गर्दा हामी जस्ता झण्डै एक लाख नेपाली युबाहरु बिभिन्न भिजामाजापानमा रहदै आएका छन् ।

देश भित्रको चरम बेरोजगार चर्को मूल्य बृद्दी शैशिक क्षेत्रमा गुणस्तर शिक्षाको कमी जस्ता प्रमुख समस्याका कारण बिदेश पलायन हुनबाध्य छौ । यि बिभिन्न चरम अभाबका कारणले गर्दा मैले पनि मेरो आफ्नो जीवन परीवर्तन र मेरो परिवारको जिम्मेवारी काधमा बोकेरनिस्किए र यो चार बर्षको अबधीमा के कति उपलब्धी गर्न सके या सकेन कति पैसा कमाए कमाएन त्यो एउटा कुरा रहयो तर मैलै केकति कुराहरु सिके र आगामी दिनहरुमा के गर्न सक्छु त्यो प्रमुख कुरा हो ।

जापान दु:ख गरेर खानेहरुको लागी अबसरै अबसर भएको एक बिकसित देश हो यहाको लगभग सबै युवा बयश्क तथा बुढा बुढीहरुदैनिक मजदुरी (श्रम) गरेर आफ्नो दैनिक जीवनयापन गरीरहेको हुन्छन यहाका कुनै पनि मानिसलाई लैगिंक हिसावले रोजगारीकोक्याटागोरी निर्धारण गरीएको हुदैन र पाट टाईम जागीर ( काम) को लागी तलव दर पनि छुट्टाईएको हुदैन सबै खाले उमेर समुहकाकामदारहरुलाई समान रुपले तलव निर्धारण गरीएको छ यो पक्ष मलाई निकै नै राम्रो लाग्यो । आफूले चाहेको जुन कुनै समयमा कामगर्न पाईने स्वईच्क्षाले काम गर्नको लागी नागरीक स्वतन्त्रता छ ।

जापानीजहरु कामलाई जिम्मेवारीका साथ महत्वपूर्णरुपमा लिन्छन समयको निकै नै महत्वका साथ काम गर्छन् नागरीकहरुले देशप्रतिको आफ्नो उत्तरदासितत्वलाई निर्भाह गर्छन् समयमै बिभिन्न किसिमका कर, बिल भुक्तानी गरेर देशलाई सहयोग गर्छन । निकै नैसरल अनुसासित नागरीकको रुपमा जापानी नागरीक हरुलाई मैले बुझेको छु । हाम्रो देश नेपाल विकाशोन्मुख देशका नागरीक हामी, हामीले सोचेको भन्दा हामीले देखेको भन्दा निकै परको देश रहेछ जापान यहॅाको भौगोलीक बनोट नेपाल भन्दा खासै फरक छैन पहाडसमथर भु-भागहरु मौसम लगभग उस्तै-उस्तै छ । तर यहॅाका मानिसको चेतना स्तर निकै फराकिलो छ । प्रविधीको उस्तै विकास भौतिकपुर्वाधारहरुका त के गर्नु राज्यले देशको लागी जिम्मेबार भएर काम गरेको छ भौतिक पुर्वाधार स्वास्थ्य शिक्षा रोजगारी सबै खाले तहतप्कामा राज्य निकै संवेदनशिल भई उत्तरदायि भूमिका निर्वाह गरेको देखिन्छ । विदेशी नागरीकहरुलाई पनि आफ्नै देशको नागरीकसरह स्वास्थ्यमा ग्यारेन्टी (स्वास्थ्य विमा)लिएको छ यो हामी जस्ता विदेशी नागरीकहरुको लागी निकैनै राम्रो कुरा हो ।

 

विद्याथी भिषामा आउने भाइबहिनीहरुको लागी निकै संघर्ष गर्नु पर्ने हुन्छ किनकि हामीले हाम्रो देशमा यि कुराहरु कहिले सिकेका हुदैनौजस्तो कि समय र कामको महत्व यि कुरा त तब थाहा हुन्छ जापान आएपछि जापान आउनु भन्दा अगाडी नेपालमा कनसल्टेन्सीएजेन्टहरुले देखाएका सपना अनुरुप पैसा कमाउन नसक्दा अनि हामी संग जापानी भाषा राम्रो संग बोलचाल गर्न नसक्नु साथै नया ठाउॅनया वातावरण र परिवेशले गर्दा पनि कठिन हुनु स्वभाविक हो । तर विस्तारै सबै समस्याहरु समाधान हुनेछन् ।

जापानमा सेटल हुनको लागी कम्तिमा ४/५ बर्ष लाग्न सक्छ चुनौतीहरु पनि उत्तिकै छ धैर्यता आत्मवल र मिहेनतका साथ निरन्तर संघर्षगरेमा जापनामा भविष्य राम्रो छ केहि गर्न खोज्ने/ चाहानेहरुका लागी अबसर धेरै छन् विदेशीहरुले पालना गर्न पर्ने नियमलाई पालना गर्दैअगाडी बढ्न जरुरी छ ।

हामीले हाम्रा नेपली समुदायका धेरै दाजुभाई दिदी बहिनीहरु आफ्नो स्वास्थ्यको कुनै प्रभा नगरी धेरै भन्दा धैरै काम र दामको पछाडीदौडिको देखेका छौ त्यसो गर्नुले पक्कै पनि दिर्घकालीनरुपमा फाईदा नहुन सक्छ हामीले भोलीको खुसिको लागी आजको खुसिबेचिरहेको छौ । यसलाई तपाईहरुले कसरी लिनु हुन्छ त्यो तपाईको कुरा रहन्छ तर मेरो सुझाब यसो नगर्नु भएको नै राम्रो हो ।

मैले पनि अहिले सम्म जापानमा कति संघर्षहरु गर्नु पर्यो त्यो संघर्षले धेरै कुराहरु सिकायो अझै सिक्न बाकि त कति छन् कति तर जीवनसिकाई हो संघर्ष धेरै गर्नु छ घुम्टी उकाली ओरालीहरुलाई जरुर पार गर्नु छ बिरानो देशमा पक्कै छौ तर बिरानो सम्झनु हुदैन सबै संगहातेमालो गरेर अगाडी पाईला टेक्नु सबैजनाले यसरीनै सबैको सपनाको सिढिहरु पुरा हुदै जानेछन् समस्या संग जुध्न सकेन भने कठिन तपक्कै हुनेछ तर हार खानु हुदैन सपना तुहिन दिनु हुदैन हाम्रो जीवन संग हाम्रो घर परिवारको सपनाहरु पनि बाचेको छ पुरा जरुर गर्नु पर्नेछ । हामीले सिक्नु धेरै छ ति सिकेका कुराहरुलाई आफ्नो देशमा लैजानु छ आर्थिकरुपमा पनि बलियो हुनु छ र छ आफ्नै देशमा फर्कनुअनि केहि गर्नु छ आफ्नै देशमा हामी सपना बोकेका छौ हामीले हाम्रै देशमा नै रोजगारी दिन सक्ने देश बनाउन सकौ !

लेखक लामो समयदेखि जापानमा बसोबास गरिरहनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय