
तिजको अवसर पारेर दिल्ली भ्रमण मा निस्किएका प्रधानमन्त्री शेर बहादुर देउवा यतिबेला दिल्ली पुगेका छन् । दिल्लीमा यतिबेला उनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग ‘वान टु वान कन्भार्सेसन’को तयारि गरिएको कुरा मोदी सचिवालयले जनाएको छ ।
अहिले मोदी निवासमा देउवालाई दिवा भोजको ब्यबस्था गरिएको छ ।
देउवाले अहिले तराईले भोगिरहेको समस्याको दिर्घकालिन निकासको बारेमा छलफल गरिने प्रधानमन्त्री कार्यालय नेपाल तर्फ बाट जानकारी आएको छ ।
नेपालको लागि हाल सम्म दुख दिइरहेका असमान सन्धि र कोशी ब्यारेजको कुटनैतिक ब्यबस्थापनको पहल गरिने देउ निकट स्रोतले जनायो ।
देउवाले यसको अलावा भारतीय राष्ट्रपति र अरु थुप्रै उच्च पधादिकारी हरु संग भेट वार्ता गर्ने छन् । यसको लागि भारत इस्थित नेपालि राजदुत दीप कुमार उपाध्याय ले रात्रि भोजको पनि आयोजना गरेका छन् ।