
फोटो नेपालमा यो पटक गोक्यो री, प्रदर्शनी असोज १३ सम्म
नेपाल पर्यटन बोर्डले नियमित आयोजना गर्दै आएको फोटोनेपाल प्रर्दशनीमा यसपटक सगरमाथा क्षेत्रको गोक्यो री ताललाई समेटेको छ। फोटोग्राफर दावा लामाले खिचेको ३३ तस्बिरहरू नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपको प्रदर्शनीमा राखिएको छ ।
‘गोक्यो री लेकबाट सगरमाथासँगै, मकालु, चोयु र ल्होत्से हिमालको दृश्यावलोकन गर्न सकिने र यो आफैंमा पर्वतीय रुट पनि भएकाले फोटोनेपालमा यसपटक समावेश गरिएको हो,’ नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दीपकराज जोशीले कार्यक्रमको उद्घाटन गर्दै भने।
नाम्चेबाट गोक्यो री पुग्न तीन दिन लाग्छ । दसैं र तिहारको समय सो स्थान भ्रमण गर्न उपयुक्त समय मानिन्छ।
१५ वर्षदेखि पर्वतारोहण पर्यटन क्षेत्रमा क्रियाशिल लामा ट्राभल टाइम्स ट्रेक्स सञ्चालसमेत गर्दै आएका छन्।
यही क्रममा उनले पर्वतीय क्षेत्रमा खिचेका तस्विरहरू संग्रह गरेको थिए। भरिया भएर काम गर्दा विदेशीले हिमाल, पहाड र छाँगा र नागबेली बाटोको तस्विर खिच्दा खुबै रमाइलो लाग्ने उनले प्रतिक्रिया दिए।
यही समयदेखि तस्विर संकलन गर्न लागेको थिए। पछिल्लो समय पर्वतीय पर्यटन क्षेत्रमा सक्रिय रहेका प्रोफसनल फोटोग्राफर नभए पनि फोटोग्राफीमा सोखिन् हुन्। उनले पर्यटन क्षेत्रमा तस्विर मार्फत नयाँ अभियान सुरु गरेको छु,‘गोक्यो रि लेक’ ।
यस क्षेत्रबाट देखिने ताल, हिमश्रृंखला र दृश्यले धेरैको मन तान्ने गरेको छ। एक पटक, एक वर्ष र एक सिजन मात्रै होइन। हरेक सिजन र वर्षमा यो क्षेत्र पर्यटकीय दृष्टिले सदाबहार छन्।
source:setopati