काठमाडाैं । जोमसोम नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक गाउँपालिका हो। जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम हो।


यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ ।


यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेशद्वारको रूपमा लिन सकिन्छ। जोमसोम अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ।

-sailung online

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय