मंसिर ४, काठमाडौं । टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानको नवनिर्वाचित कार्यसमितिले सोमबार पद तथा गोपनियताको सपथ लिएको छ । मालिगाउँ स्थित टानको केन्द्रिय कार्यालयमा सपथ ग्रहणसंगै निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण समेत गरेको छ ।
सपथ ग्रहण र पदभार ग्रहणपश्चात टानको नयाँ कार्यसमितिको पहिलो बैठक आजै बसेको छ । टानका नवनिर्वाचित अध्यक्ष नवराज दाहालले दिएको जानकारी अनुसार समितिको आज बसेको पहिलो बैठकले ३ ओटा निर्णय गरेको जानकारी दिए ।
बैठबले पहिलो निर्णयको रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको हिजो आईतबारका दिन आकश्मिक हृदयघातका कारण अल्पआयुमै भएको निधनप्रति बैठकले श्रदाञ्जली अर्पण गरेको छ । मृतक दाहाल हिमाल आरोहि समेत हुन । उनले सान्ती र संविधानको निम्ती दबाब दिने उद्धेश्यले लुम्बिनी सगरमाथा शान्ती यात्राको रुपमा सन २०१२ मे २६ का दिन सगरमाथाको सफल आरोहण गरेका थिए ।
टान नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निवर्तमान कार्यसमितिलाई विदाई तथा सम्मान गरेको छ भने तेस्रो निर्णयको रुपमा संस्थाको बैंक खातामा पुरानोको ठाउँमा नयाँ अध्यक्ष, महासचिव र कोषाध्यक्षको हस्ताक्षर परिवर्तन गर्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष दाहालले यस अघि पदभार ग्रहण गरेकै दिन कुनै पनि निर्णय गर्ने नगरिएको बताउदै आफुले सो परम्पराको सुरुवात गरेको जानकारी दिए ।
कार्तिक १९ गतेका दिन टानको ३८ औँ वार्षिक साधारणसभा संगै भएको निर्वाचनबाट निर्वाचित कार्यसमितिले २२ दिन पश्चात आज सपथसंगै पदभारग्रहण गरेको हो । निर्वाचनबाट नवराज दाहाल आफ्ना प्रतिद्धन्दी मोहन लम्साललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए ।
Source:enetkhabar