काठमाडौँ, पौष ३ । नेपालकामा स्कि खेलको विकाश गर्न हिमालयन स्कि टे«कले बार्षिक रुपमा आयोजना गर्दै आएको निशुल्क स्कि तालिमको उत्घाटन हिजो विहिवार नेपाल पर्यटन बोर्ड भृकुटिमण्डपमा सम्पन्न भएको छ ।
खेलमा दुवै खुट्टा नभएका सगरमाथा आरोहण तयारी गरि रहेका हरि बहादुर थापा मगर लगायत नेपाली र विदेशी गरि ६० जना सहभागी रहेको आयोजकले जानकारी दिएको छ ।
पुर्व मन्त्री संकर भन्डारीको प्रमुख आतिथ्यमा भएको उत्घाटन समारोहमा टानका बरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी, एनएमएका सचिव टिका गुरुङ लगायत पर्यटन व्यावसाहीको उपस्थिति रहेको थियो ।
२०१२ देखि सुरु गरेको निशुल्क स्कि तालिम नेपालको विभिन्न स्थानहरु मनास्लु, मेरा पिक, अन्तपुणमा दिएका थिए । यस बर्ष मुस्ताङ जिल्लाको मुक्तिनाथमा हुन गइ रहेको छ । नेपालमा स्कि खेलको प्रचुर सम्भावना रहेको आयोजक बताउछन । यस क्षेत्रमा एनएमए, टान, नेपाल पर्यटन बोर्डले आगामी दिनमा प्रवर्धनमा सहयोग गर्ने भएको छ ।
स्कि खेलको विषयमा विगत देखि दिदै आएको तालिमको बृत्तचित्र प्रदर्शन गरिएको थियो
स्कि तालिमसगैं पिक आरोहण, रक क्ल्यमिङ, माउन्टेन वाइक प्रतिस्प्रधा, हुने आयोजकले जानकारी दिएको छ ।