काठमाडौं, माघ २९ । विश्व वन्य जन्तु कोष (डब्लुडब्लुएफ) को नेपाल प्रतिनिधिमा मुस्ताङका डा. घनश्याम गुरुङ छनोट भएका छन् ।
कोषको नेपाल प्रतिनिधि बन्न नेपाल सरकारका उच्च अधिकारीदेखि अवकाशप्राप्त कर्मचारी र विज्ञहरुले आवेदन दिएका थिए । छनोट समितिले प्रतिस्पर्धीमध्येबाट डा. गुरुङलाई छनोट गरेको हो । गुरुङ कोषमै निर्देशक पदमा कार्यरत थिए ।

यसअघिका प्रतिनिधि अनिल मानन्धरको पदावधि सकिएपछि वासिङटन डिसीस्थित कोषको अन्तर्राष्ट्रिय कार्यालयले छनोट समिति गठन गरी दरखास्त आह्वान गरेको थियो ।

डा. गुरुङले पदभार ग्रहण गरेलगत्तै कोषको रजत जयन्ती समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई स्वागत गरेर आफ्नो कार्यभार आरम्भ गरेका छन् ।
श्रोत अनलाइन खबर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय