शेर्पा समुदायको परम्परागत नृत्य र कलालाई टिकटकको माध्यमबाट विश्वमाझ चिनाउने उद्देश्यले आयोजित ‘शेर्पा डान्सिङ ट्यालेन्ट शो २०२५–२०२६’ गत शनिबार सम्पन्न भएको छ। विगत तीन महिनादेखि विभिन्न चरणमा सञ्चालित उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा देन्डी शेर्पाले उत्कृष्ट प्रदर्शन गर्दै ७०० डलर नगद पुरस्कारसहित मुख्य उपाधि जितेका हुन्।

प्रतियोगितामा शेर्पा समुदायको विशेष नृत्यहरू ‘स्याब्रु’ र ‘नादिङ’ लाई प्राथमिकता दिइएको थियो । भने निर्णायक मण्डलमा देन्दी शेर्पा, छिरिङ शेर्पा र नाङ्गा लामु शेर्पा सहभागी थिए । कार्यक्रमका आयोजकहरू मिस्टर कफी, मिस्टर ओम याक, मिस्टर डोल्पाली बाजे र मिस्टर आङ ङिमा शेर्पाका अनुसार, विश्वभर छरिएर रहेका शेर्पा युवाहरूलाई आफ्नो मौलिकताप्रति गर्व गर्न सिकाउनु नै यसको मुख्य उद्देश्य हो ।

कार्यक्रममा प्रथम रनर-अप कामि कान्छी शेर्पा ग्रुप, दोस्रो पासाङ गेल्जे शेर्पा र तेस्रो ङिमा डोमा शेर्पा बनेका छन्। निर्णायक मण्डलले प्राविधिक र सांस्कृतिक शुद्धताका आधारमा विजेताहरूको छनोट गरेको थियो। डिजिटल प्रविधिको प्रयोग गरी मौलिक संस्कृतिको जगेर्ना गर्ने यो प्रयासलाई शेर्पा समुदायका विभिन्न संघ-संस्थाहरूले प्रशंसा गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय