सोलुखुम्बुका पर्यटन व्यबसायी तथा नेपाली काङ्ग्रेसका नेता चुङ्बा शेर्पाको निधन भएको छ ।  समाजसेवीको छवि बनाएका शेर्पाको ६४ वर्षको उमेरमा काठमाडौको ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कलेजोमा स्वास्थ्य समस्या देखिएपछी उनलाई अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समय स्वास्थ्य थप जटिल भएपछि भेन्टिलेटरमा राखी उपचार गराइएको थियो । आज राती करिब १२:१५ बजेको समयमा अस्पतालले उनलाई मृत घोषणा गरेको खुम्बुपसङ्ल्हमु गाउँपालिका १ का वडा अध्यक्ष फुनुरु शेर्पाले जानकारी दिए ।

शेर्पाको सव राती नै अस्पतालबाट मन्डिखाटार स्थित निजिनिवासमा लगिएको छ । बौद्ध धर्म परम्पराअनुसार शेर्पाको अन्त्यष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

चुङ्बा शेर्पा लुक्ला स्थित खुम्बु रिसोर्टका मालिक थिए भने उनी लामो समयदेखी राजनीतिमा पनि सकृय थिए । नेपाली काङ्ग्रेस खुम्बुपासाङल्हमु गाउँपालिकाको सभापति रहेका शेर्पा गएको दुवै स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको उमेदवार थिए । त्यस अघि चौरिखर्क गाबिसका अध्यक्ष पनि थिए । पछिल्लो समय वाइल्ड लाइफ फोटोग्राफीमा निकै रुचि राख्ने शेर्पाले देश तथा विदेशमा फोटोग्राफी गरिरहेका थिए ।

उनको परिवारमा दुई छोरा र तीन छोरी छन ।

@whitekhabar

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय