Advertisement



नेपालमा गएकाे महाभुकम्पले क्षति ग्रस्त साेलुखुम्बुकाे दुधकुन्ड नगरपालिमा १ मा रहेकाे हिमालयन शेर्पा बाैध्द अध्ययन केन्द्रकाे पुनः निमार्ण लागि आदिवासी जनजाति महासंघ जापानले १,लाख रूपैया अाथिर्क सहयाेग प्रदान गरिएकाे छ । महासघका सदस्य कान्छा बहादुर शेर्पा (केबी) ले आदिवासी जनजाति महासंघ नेपालकाे पदाधिकारीहरूकाे सहभागितामा साे रकम हिमालयन शेर्पा बाैद्ध अध्ययन केन्द्रका पुनः निमार्णकाे काेष्ध्याक्ष पासाड० शेर्पालाई उक्त सहयाेग रकम हस्तांतरण गरिएकाे छ ।
हाल अध्ययन केन्द्रले पुन निमार्ण कार्य शुरू गरिरहेकाे भए पनि महाभुकम्पले क्षति ग्रस्त बिधालयकाे भवन, बिधार्थीकाे आवास गृह ,बाैध्द अध्ययन केन्द्र र गुम्बामा बस्न नमिल्ने भए पछि छुट्टै स्थानमा अस्थायी छाप्राे बनाई बस्न बाध्य रहेकाे छ । निमावि सम्म सरकारी पढाई हुने र उच्च शिक्षा सम्म शेर्पा भाषाकाे पढाई हुने उक्त अध्ययन केन्द्रमा लगभग २ सय जना विधार्थीहरू अध्ययनरत छन् ।
यसै बीच नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाले इ–लाइब्रेरी बनाउन महावीर पुनलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ ।त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेसनका लागि जापान शाखाले १ लाख रुपैयाँ सहयोग गरेको छ । रकम नेपाल अदिबासी जनजाती महसघ को नव निर्बचित् अध्यक्ष जगत बरामलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा महासंघ जापान शाखाका पूर्वअध्यक्ष ओम गुरुङ ,सचिव देवी इङ्नामको पनि उपस्थितमा रहेकाे थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय