नुरू शेर्पा- पृथ्वी नारायाण शहले नेपाल एकिकरण गर्नु पूर्व, दुधकोशी देखि अरुण सम्मको किराँतीहरूको बस्ती भएको माझकिराँत वा खम्वुवान क्षेत्रको नामले प्रसिद्ध थियो खाेटाङ । यो भू-भागको मुख्य प्रशासन चौदण्डीगढीका सेन वंशी राजाबाट सञ्चालित थियो भने पहाडका स-साना गढी र थुमहरूमा किराँती राजाहरूले राज्य गर्दथे। चौदण्डीगढीका सेन राजाकै शासनकालमा खोटाङ्गमा राईलाई स्वशासन दिएका थिए। विभिन्न समयमा किराँती राजा र सेन राजाको विच मतभेद र कलह भइरन्थ्यो। यसको फाइदा उठाइ पृथ्वीनारायण शाहले नेपालको एकिकरणको पछिल्लो समयमा यो क्षेत्र माथि विजय गरेका थिए।

राणाकालिन समयमा नेपाललाई ३५ जिल्लामा विभाजन गरीएको थियो।भने बि सं २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिदा तत्कालिन खोटाङ्गद्वारा हेरिने आम्चोक र सिक्तेल थुम भोजपुरले हेर्ने र रावापारिका क्षेत्र सोलुखुम्बुले हेर्ने र बाँकी क्षेत्र खोटाङ्गले हेर्नेगरी खोटाङ्गबजारलाई सदरमुकाम बनाएर खोटाङ्ग जिल्ला पनि एक जिल्ला कायम गरियो। त्यसबेला यस जिल्लाको मध्य भागबाट बहने साप्सुखोला देखि उत्तरतर्फ २३ गाउँ पञ्चायत र दक्षिणतर्फ २२ गाउँ पञ्चायत रहेका थिए। तत्कालिन संविधान बमोजिम एक गाउँ पाचायतबाट एक जना जिल्ला सभा सदस्य चुनिन पाउने कानूनी प्राबधान भएकोले जिल्ला सभामा स्वतहः साप्सु उत्तरको बहुमत रह्यो। तत्कालिन पहिलो जिल्ला सभाको बैठकले नै खोटाङ्गमा रहेको सरकारी अड्डा अदालत दिक्तेलमा स्थानान्तरण गर्न सरकारसँग माग गर्न बहुमतले निर्णय गर्र्‍यो। खोटाङ्गमा रहेको जिल्ला पञ्चायत र शिक्षा प्रशासन हेर्ने काम वि.सं. २०२० सालमा दिक्तेलमा सारी विधिवत रूपमा खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेलमा सारियो। २०२२ सालमा तत्कालिन सरकारले खोटाङ्ग अदालत दिक्तेलमा र ऐशेलुखर्क अदालत सोलुसल्लेरीमा सार्ने निर्णय गर् यो भने तत्पश्चात खोलिएका कार्यालयहरू क्रमशः दिक्तेलमा नै स्थापना भएका हुन्।

कुनै समय यो भू-भाग किराँती राजा खोटे द्वारा शासित कोटको रूपमा थियो र उनकै नामबाट खोटाङ्गकोट हुदै खोटाङ्ग नाम रहन गएको किम्वदन्ती छ। अर्को एक जनश्रुती अनुशार हाल खोटाङ बजार रहेको स्थान वरपर प्रशस्त खोटे सल्लाहरू पाइनेहुनाले यस क्षेत्रलाई खुटा भन्न थालियो यस क्षेत्रले त्यसबेला हालको खुटा भन्ने स्थान मात्र नभएर अरु बढी क्षेत्र ओगटेको थियो। यस क्षेत्रमा त्यसवेला हाङ्ग नाम गरेका प्रतापी राजा राज्य गर्दथे। उनकै नामबाट पछि खुटाका हाङ्ग राजा भन्दै खुटाहाङ्ग र अन्त्यमा खोटाङ्ग शव्दको उत्पति भई यस जिल्लाको नाम खोटाङ रहन गएको भन्ने भनाई पनि रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय