सोमबार,
काठमाडौँ, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ सिमिगाउँकी २७ बर्षिय छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका वडा ११ की २७ बर्षिय शर्मिला तमाङले केहि देशहरुमा अहिले पनि गौतम बुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेको बताउँदै गौतम बुद्ध नेपालमानै जन्मिएका हुन् भने सन्देश बोकेर सर्बाेच्च सिखर सगरमाथा आरोहण गर्न लागिएका छन् ।

उनिहरुले आगामी चैत्र २५ गतेबाट पाएनियर एड्भेन्चर प्रालि कम्पनिले ब्राण्ड स्पोन्सर गरि “बुद्ध वाज ब्रोन ईन नेपाल ”लेखिएको झण्डा सँगै नेपालको झण्डा र धिरज राईले गाएको “बुद्ध वाज ब्रोन ईन नेपाल ”बोलको गित एक मिनेट सर्बोच शिखरबाटै बजार बिश्वलाई सुनाउने योजना समेत रहेको आरोहण दलकी सदस्य छोकी शेर्पाले बताईन् । छोकीले पत्रकार सम्मेलन गर्दै भनिन्, बैदेशिक रोजगारीको शिलशिलामा चार बर्ष दक्षिण कोरिया बस्दा बौद्धमार्गिहरुलाई गौतम बुद्ध नेपालमा जन्मेको नभई भारतमा जन्मेको भन्ने भ्रम रहेकाले सो भ्रम चिर्न सगरमाथा आरोहण गर्न लागिएको बताएकी छन् ।

उनले दक्षिण कोरीया, भियतनाम चिनका केहि स्थानमा साथिहरुसँग भेटमा उनिहरले पनि बुद्धका बारे भ्रम रहेको भन्दै आफु सगरमाथा आरोहण गर्न लागेको बताईन् । हाल सम्म बिदेशी महिलाहरु सगरमाथामा ४ सय जना आरोहण गरेपनि नेपाली महिलाहरु २५ जना मात्रै सफल आरोहण गरेका छन् ।
Source:nepali instant news

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय