फागुन ०४, धन्यवाद एसोसेसन गुम्देलको ४ लाख आर्थिक सहयोगमा रामेछापको गुम्देल २ क्यामामा भुकम्पको कारण क्षेतिग्रस्ता श्री उमातिर्थ आधारभुत विद्यायलको भवन पूर्ण निर्माणको कार्य भईरहेको छ । केही बर्ष अगडी निम्न मध्यामिक तह संञ्चालन गर्ने उद्धेश्यले जि शि का ६ लाख आर्थिक सहयोगमा निर्माण भएको दुई कोठे भवन २०७२ सालको महाभुकम्पाले क्षेति पु¥याए पछि विद्यार्थीहरुको पठन पठनमा समस्या परि रहेको थियो । गाउघरमा पुर्न निर्माणको चटरो र समय अभाव करणले २०७३ माघ २७ गतेबाट शुरु भएको भुकम्पा प्रतिरोधि भवनको डी वी सी गरी निर्माण कार्य दिन र रात दुबै समयमा तिव्रगतिमा गरिरहेको छन । निर्माण कार्य यही फागुन पहिलो हप्ता भित्रमा सक्ने लक्ष्य लिएको निर्माण समितिको सचिव ङापेम्बा शेर्पाको भनाई रहेको छ । उक्त भवनको निर्माण पश्चत बिद्यायलको प्रशासनिक कक्ष र बहुकक्षा शिक्षणको निम्ती प्रयोग गरिने भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय