सृष्टि सुनुवार, सोलुखुम्बु
सोलुखुम्बु असोज १ गते देखि लागु हुने गरी हर्न निषेधित क्षेत्र घोषणा भएपछि विभिन्न क्षेत्रमा बोर्ड राख्ने काम गरिएको छ । सोलुखुम्बु ट्राफिकले सबै नागरीकको जानकारीको लागि भन्दै सदरमुकाम सल्लेरी सगँै अन्य विभिन्न क्षेत्रमा बोर्ड राखिएको तथा माइकिङ गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुका ट्राफिक इन्चार्ज भेषबहादुर थापाले जानकारी दिनुभयो ।
विस्तार हुदै गएको सहरीकरण सँगै सोलुखुम्बुमा पनि बर्षेनि सवारी साधनको चाप बढेको छ । सवारीको आवागमनमा वृद्धि सगै बज्ने हर्नले सर्वसाधरण तथा वातावरणमा समेत ध्वनी प्रदुषण हुने गर्दछ । यस्तो समस्या नओस् भन्नकै लागि प्रदेश नं १ का सोलुखुम्बु सहित १४ वटा जिल्ला असोज १ गते देखि लागु हुने गरी हर्न निषेधित बनेका छन् । हर्न निषेधित क्षेत्र घोषणा सगै यस्को पालना गर्न तथा गराउन ट्रािफक प्रहरी, स्थानीय प्रशासन, यातायात व्यवसायी, सवारी चालक सबैको महत्वपुर्ण भुमिका हुने गर्दछ ।
इन्चार्ज थापाले ट्राफिक नियम उल्लघन गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभयो । उहाँले हर्न निषेधित क्षेत्रको प्रभावकारी कार्यान्वयका लागि आफुहरु सक्रिय भएर खटिने उल्लेख गर्नुभयो । सचेतनामुलक कार्यक्रम गर्ने, सबैलाई हर्न निषेधित जिल्ला भएको जानकारी दिने, होर्डिङ बोर्ड राख्ने काम पहिलो चरणमा गरिएको भन्दै नियमित विपरित गर्नेलाई तोकिए बमोजिम जरिबाना समेत गर्ने बताउनुभयो ।
दुर्घटना न्युनिकरणको मुख्य उदेश्य राखेर बनाइएको हर्नको गलत तरिकाबाट हुने प्रयोगले निम्त्याउने असरलाई हर्न निषेधित क्षेत्र घोषणा पछि कम गर्नेमा सबै सरोकारवाला विश्स्त छन् । हर्न निषेधितको अर्थ हर्न बजाउनै नपाइने भन्ने हैन । सवारी चालक मान बहादुर विश्वकर्मा भन्नुहुन्छ, हर्नका प्रयोग सही तरिकाले गरौ ।
सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रेशम बहादुर पराजुलीले वातावरण्मा ध्वनी प्रदुषण हुने, स्थानीय बासीहरुलाई हर्नको साउण्डले डिस्टर्व गर्ने भएकाले चालकलाई सर्तक भएर हर्न बजाउनुपर्ने स्थानमा मात्र हर्नको प्रयोग गर्न आग्रह गर्नुभयो ।
प्रदेश नं १ को सोलुखुम्बु सहित १४ जिल्ला खोटाङ, ओखलढुंगा, उदयपुर, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, र संखुवासभामा हर्न बजाउन नपाइने नियम पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको निर्णय अनुसार असोज १ बाट लागू गरिएको छ ।
यो नियम लागू भएपछि मान्छे बोलाउनका लागि अनावश्यक रुपमा हर्न बजाउन पाइने छैन । तर घुम्ती, सवारीसाधन ठोक्किनै लागेको अवस्थामा र यात्रु किचिने अवस्थामा भने हर्न बजाउन पाइनेछ ।नियम पालना नगरे पहिलोपटक रु ५००, त्यसपछि क्रमशः रु एक हजार र रु एक हजार ५०० सम्म जरिवाना गर्न सक्ने नियम रहेको छ ।
source:soluonline