सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा भोली (मंसिर १७) बाट मतदाता नामावली संकलन कार्य सुरु हुने भएको छ । शुक्रबारबाट जिल्लाका आठवटै स्थानिय तहमा कर्मचारी खटाई मतदाता नामावली संकलन कार्य एक साथ सुरु गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी नेत्र घिमिरेका अनुसार नामावली संकलनका लागि नेचासल्यान र थुलुङ दुधकोशीका लागि एक जना, सोताङ र महाकुलुङका लागि एक जना, लिखुपिकेमा एक जना, माप्य दुधकोशी र खुम्बु पासाङ ल्हामुका लागि  एक जना गरि गाउँपालिकामा मात्रै  ४ जना कर्मचारी खट्नेछन् ।

सदरमुकाममा अवस्थित सोलुदुधकुण्ड नगरपालिकामा भने जिल्ला निर्वाचन कार्यालय मार्फत नै नामावली संकलन हुने कार्यालयले जनाएको छ ।

-Solu FM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय